राष्ट्रियसभा चुनावः प्रदेश २ को परिणाम, को को विजयी भए ?

by समतल अनलाइन

जनकपुर ।राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश २ को सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह विजयी भए । उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् ।

शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका हुन् ।

प्रदेश २ कै अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भए । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

नेकपा-राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।

 
 
  
 

You may also like