प्रदेश-२ सबैभन्दा गरीब

by समतल अनलाइन

जनकपुरधाम। सबैभन्दा बढी गरिबी प्रदेश–२ मा देखिएको छ । प्रदेश–२ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकाङ्क निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा बहुआयामिक गरिबी दर झण्डै ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र विरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ ।

नीति आयोगको पञ्चबर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रदेश-२ सबैभन्दा गरीब

 
 
  
 

You may also like