डोटीको मतदान केन्द्रमा प्रेसर कुकुर बम फेला, सेनाद्वारा डिस्पोज

by समतल अनलाइन

डाेटी । डोटीको आदर्श गाउँपालिका -२ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम फेला परेकाे छ । गएराती कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा कुकुर बम फेला परेकाे हाे ।

उक्त बम सेनाद्वारा डिस्पोज गरिएकाे छ । राति दुई बजेतिर सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यलले जानकारी दिनुभयाे ।

आज हुन गइरहेको मतदानलाई असर पुग्ने गरी उक्त बम राखिएको भएपनी समयमै जानकारी भएकोले कुनै अप्रिय घटना हुन नपाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयाे । उहाँले जिल्लामा सुरक्षा व्यवस्था बलियो भएकालेे ढुक्क भएर मतदान गर्न आग्रह समेत गर्नुभयाे ।

 
 
  
 

You may also like