प्रदेश २ राष्ट्रिय सभा चुनावमा राजपाका यादवले भाइलाइ हराए

by समतल अनलाइन

काठमाडौं।राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश २ को अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भएका छन् । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

यसअघि नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भइसकेका छन्। अहिले भने अल्पसंख्यक तर्फको मतगणना जारी रहेको छ।

 
 
  
 

You may also like