प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्री यादवमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको यादवले बताए । उनी अहिले आफ्नै निवासमा क्वारेन्टिनमा बसेका छन् ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।

 
 
  
 

You may also like