प्रचण्डद्वारा प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी

by समतल अनलाइन

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल पुगेर भेटेका छन् ।

शुक्रबार बेलुकी ६ बजेर ४० मिनेटमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।

भेटपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वस्थ्यमा धेरै राम्रो प्रगति भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया गत मंगलबार गरिएको थियो ।

चिकित्सकले संक्रमण हुने डरले अहिलेसम्म भेटघाट बन्द गरेकोमा प्रचण्डएल शुक्रबार भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाललाई खतरा मुक्त रहेको उनको उपचारमा संलग्न चिकित्सकको टोलीले शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।

 
 
  
 

You may also like