प्रहरीलाई घुस दिन खोजेको आरोपमा होटल सञ्चालकविरुद्ध मुद्दा दायर

by समतल अनलाइन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कर्मचारीलाई घुस दिने खोजेको अभियोग लागेका एक होटल सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टोखा नगरपालिका–५ मा रहेको आगमन फुडल्यान्ड एन्ड गेस्ट हाउसमा चेकजाँच गर्ने क्रममा कार्यस्थलमा रहेका प्रहरीलाई होटल सञ्चालक सोममाया राईले ५० हजार घुस दिन खोजेको आरोप छ ।

गेष्ट हाउसमा अनुसन्धान नगरिदिन भन्दै होटल सञ्चालक राईले प्रहरीलाई घुस दिन खोजेको आरोप छ । प्रहरीले घुस रकमसहित राईलाई पक्राउ गरेको थियो ।

आयोगले आज बिगोबमोजिमको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आज सिन्धुली जलकन्या गाविसको कार्यालयका तत्कालीन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी स्रोतबाट प्राप्त रकम विभिन्न व्यक्तिको नाममा निकाली अनाधिकृत प्रयोग गरेको भण्डारीमाथि आरोप लागेको छ । आयोगले भण्डारीविरुद्ध रु ५८ हजार ३२९ बराबरको बिगो दाबी गरेको छ ।

 
 
  
 

You may also like