सैनामैनाको विकास लुम्बिनि संग जोडेर गरिने – मन्त्री चौधरी

by समतल अनलाइन

नरेश चौधरी
मुर्गिया। नामैनाको समग्र विकास लुम्बिनि संग जोडेर गरिने भौतिक योजना तथा पुर्वधार मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ । देश संघिय संरचनामा गैसकेपछि स्थानिय तहहरुमा उल्लेख्य विकासका काम भैरहेको कुरा बताउदै प्रदेश सरकारले विकास भैसकेका मात्र नभई विकट क्षेत्रहरुको पहिचान गरि प्रदेशका हरेक स्थानमा विकास निर्माणका काम गरिने बताउनु भयो ।

सैनामैनामा चक्रपथ निर्माणको कामले तिब्रता लिएको कुरा बताउदै सैनामैनामा राष्ट्रिय स्तरको खेलमैदानका लागि प्रदेश सरकारको सहयोग सहकार्य रहने कुरा बताउनु भयो । सैनामैना नगरपालिकामा नगर विकास समितिको पदाधिकारीहरुको पदस्थापना कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो – “सैनामैना बुद्धकालिन सभ्यता संग जोडिएको नगरपालिक हो यसको विकास लुम्विनि संग जोडेर गरिने छ , यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ । ”

सैनामैनामा ५ देखि ६ करोडको लागानिमा स्मार्ट सौचलय बनाईने, खेलमैदान, फोहोरमैला ब्यवास्थापनका लागि ठुलो रकम विनियोजन गरिएको कुरा मन्त्री चौधरीले बताउनु भयो ।

प्रदेश सभाका सदस्य तथा नेकपका प्रमुख सचेतक भुमिश्वर ढकालले सैनामैनाको विकासका लागि प्रदेश सरकार सकरात्मक रहेकोले स्थानिय तथा प्रदेश सरकारको सहकार्यमा विकास निर्माणका काम गरिने बताउनु भयो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैना नगरपालिकाको समग्र विकासका लागि नगर वासीहरुले चासो दिनु पर्ने कुरा बताउनु भयो ।

नगरको समृद्धिको लागि नगर समिति गठन गरिएकोले गठन भएको समितिले सैनामैना नगर नमुनको रुपमा नयाँ सहरको रुपमा विकास गरिने बताउनु भयो । आधुनिक खालको बसाई सहित सैनामैनाको गुरुयोजना अनुसार नगरको विकास गरिने कुरा नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

 
 
  
 

You may also like