कोभिड बिरुद्ध सचेतना जगाउदै रोटरी डाउनटाउन

बुटवल। रोटरी क्लब अफ बुटवल डाउनटाउनले कोभिड १९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लबको अगुवाईमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो ।

मानिसहरु हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए ।सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम गरिएको उनले बताए । कोभिड रोक्ने उपाय भनेकै मास्क लगाउने, हात धुने र दुरि कायम गर्नु बाहेक विकल्प नरहेकाले पनि यसलाई पालना गर्नुपर्ने उनले बताए । विभिन्न स्लोगन लेखिएका प्लेकार्ड सहित माईकिङ सहित मास्क र सेनिटाईजर वितरण गरि कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले औपचारिक उद्घाटन गरेका थिए ।शहरी क्षेत्रमा नागरिकहरुबाट लापरवाही बढिरहेको भन्दै यसले संक्रमणको दर बढाउने डर रहेको उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक मदन कुवर, क्लबका एसाईन एजी नारायण पन्थ, एजी जीवन अधिकारी, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, भिमराज श्रेष्ठ, सचिव बाबुराम बन्जाडेले आफू सुरक्षित भए समाज र देश सुरक्षा हुने दाबी गरे । क्लबमा युवाहरु गोलपार्क, मिलनचोक ट्राफिक चोक लगायत क्षेत्रमा माईकिङ र मास्क बितरण गरेका थिए ।

जजजजजजज

निशुल्क एन्टिजेन परिक्षण
स्वस्तिक श्रेष्ठ
बुटवल, १५ साउन
रुपन्देहीका क्रिश्चियन समुदायमा एन्टिजेन परिक्षण गरिएको छ । समुदायमा कोभिड संक्रमणको अवस्था बुझन कार्यक्रम गरिएको हो । जिल्ला क्रिश्चियन राजनितिक विभाग र जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीको संयुक्त आयोजना तथा द ल्याप्रोसी मिशन नेपाल, ईम्प्याक्ट परियोजनाको प्राविधिक सहयोगमा बुटवल अनन्त जीवन चर्चको परिसरमा गरिएको निशुल्क एन्टिजेन परिक्षण गरिएको हो ।
जिल्ला खिश्चियन राजनितिक विभागका अध्यक्ष मेघराज घिमिरेले ५१ जना परिक्षण गरिएकोमा एक जनामात्र पोजिटिभ रिर्पोट आएको बताए । सरकारको दृष्टिबाट क्रिश्चियन समुदाय पछाडी परेको भन्दै आफुहरु कोभिड संक्रमण रोकथाकका लागि कार्यक्रम गरेको उनले बताए । जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीका अध्यक्ष सुरज कुमार थापाले नागरिकमा सचेतना कार्यक्रमहरु गर्दै आएको बताए । विहिबार बुटवलमा कुष्ठरोग र हात्ती पाईला सम्बन्धि कार्यशाला गरिएको उनले बताए । कार्यक्रममा सन्तोष सुनुवार, नाति बेसार, विष्णु ढुगाना, सुदिप नेपालले रोगका बारेमा सहजिकरण गरेका थिए । सोही कार्यक्रममा ३० जनाको एन्टिजेन परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

 
 
  
 

You may also like