निशुल्क एन्टिजेन परिक्षण

बुटवल । रुपन्देहीका क्रिश्चियन समुदायमा एन्टिजेन परिक्षण गरिएको छ । समुदायमा कोभिड संक्रमणको अवस्था बुझन कार्यक्रम गरिएको हो । जिल्ला क्रिश्चियन राजनितिक विभाग र जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीको संयुक्त आयोजना तथा द ल्याप्रोसी मिशन नेपाल, ईम्प्याक्ट परियोजनाको प्राविधिक सहयोगमा बुटवल अनन्त जीवन चर्चको परिसरमा गरिएको निशुल्क एन्टिजेन परिक्षण गरिएको हो ।

जिल्ला खिश्चियन राजनितिक विभागका अध्यक्ष मेघराज घिमिरेले ५१ जना परिक्षण गरिएकोमा एक जनामात्र पोजिटिभ रिर्पोट आएको बताए । सरकारको दृष्टिबाट क्रिश्चियन समुदाय पछाडी परेको भन्दै आफुहरु कोभिड संक्रमण रोकथाकका लागि कार्यक्रम गरेको उनले बताए । जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीका अध्यक्ष सुरज कुमार थापाले नागरिकमा सचेतना कार्यक्रमहरु गर्दै आएको बताए ।

विहिबार बुटवलमा कुष्ठरोग र हात्ती पाईला सम्बन्धि कार्यशाला गरिएको उनले बताए । कार्यक्रममा सन्तोष सुनुवार, नाति बेसार, विष्णु ढुगाना, सुदिप नेपालले रोगका बारेमा सहजिकरण गरेका थिए । सोही कार्यक्रममा ३० जनाको एन्टिजेन परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

 
 
  
 

You may also like