रुपन्देहीमा थपिए ३६ जना संक्रमित , २ जनाको मृत्युु

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा २४९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६ जना, तिलोत्तमा नगरपालिकामा ८ जना,सैनामैना नगरपालिकामा ३ जना , ओमसटिया गाउँपालिकामा १ देवदह नगरपालिका , सिद्धार्थनगर नगरपालिका,कन्चन गाउँपालिका र शुद्धोधन गाउँपालिका जना २/२ थपिएका छन ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट २ जना ज्यान गएको छ।

जिल्लामा हालसम्म ५१६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ जना रहेको छन्।

 
 
  
 

You may also like