२,०७८ले जिते कोरोना, २,३९८ नयाँ थपिए, १२ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २,०७८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३,९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २,३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । उक्त अवधिमा १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९,४१२ पुगेको छ ।

 
 
  
 

You may also like