१,३३३ ले जिते कोरोना, २,९७९ नयाँ थपिए, २८ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,३३३ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९,२९१ जना संक्रमितको निको भइसकेको छन् ।

 
 
  
 

You may also like