जसपा विवाद टुंग्याउन प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन साउन ३ गते दुवै पक्षलाई बोलाइयो

1काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार ११ बजे दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो । ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको एक आयुक्तले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like