रुपन्देहीमा पछिल्लो २४ घन्टामा ३०२ जना कोरोना संक्रमण मुक्त,४९ जना संक्रमित

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २६१ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको भने ३०२ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देही जनाएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८३ पुगेको छ । जसमध्ये २५ हजार ४७२ जना निको भएका छन । हाल जिल्लामा १ हजार १६१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५० पुगेको छ ।

 
 
  
 

You may also like