नेविसंघ महामन्त्री भट्टराई लगायतलाई तत्काल रिहा गर्न नैनसिंह महरको माग

बुटवल । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आइतबार राजधानीको गोगंबुबाट गिरफ्तार गरिएका नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराई लगायतलाई तत्काल रिहाईको माग गरेका छन् ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता महरले महाराजगञ्ज वृतमै पुगेर महामन्त्री भट्टराई लगायतलाई विनाशर्त यथाशीघ्र रिहा नगरे ठिक नहुने चेतावनी समेत दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला असंवैधानिक कदम र उपप्रधानमन्त्री राजेन्द्र महतोको नेपाल विरोधी अभिव्यक्तीका विरुद्धमा प्रदर्शन आइतबार विरोध प्रदर्शन गर्दा नेविसंघ महामन्त्री भट्टराई लगायत अन्य नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 
 
  
 

You may also like