मनाईयो राष्ट्रिय खिर दिवस, दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड

प्याकेजिङ र लेभलिङमा जाने तयारीमा

बुटवल, १५ साउन  । रुपन्देही डेरी ब्यवसायी समितिको आयोजनामा बुधबार बुटवलमा खिर दिवस मनाईएको छ ।
कार्यक्रममा दूध र दुधजन्य पदार्थको शुद्धतालाई प्राथमिकतामा हामी लागेको समितिका अध्यक्ष नेत्र पाठकले बताए । सामुहिक लगानीमार्फत प्लान्ट लिएर प्याकेजिङ र लेभलिङमा जाने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्ने क्रममा रहेको भन्दै यसमा सरकारको आवश्यक पहल जरुरी रहेको बताए ।
रुपन्देहीमा दैनिक ५० देखि ६० हजार लिटर दुध उपभोग हुदै आएको छ । जिल्लामा १ लाख ५ हजार लिटर उत्पादन हुने र त्यसको ८० जिल्लाभित्रै खपत हुने समितिका अध्यक्ष नेत्र पाठकले बताए । दुधका लागि बैशाख, जेठ, असार, साउन र भदौ सुख्खा सिजनका रुपमा लिने गरिन्छ । जिल्लामा हाल ३ सय २५ जना ब्यवसायीहरु रहेका छन ।

कार्यक्रममा समितिका उपाध्यक्ष कृष्ण उपाध्याय, कृष्ण प्रसाद चापागाई, सचिव विष्णु पाण्डेले ब्यवसायिक कामको साथै सामाजिक काममा समेत आफुहरु निरन्तर लागेको बताए ।

जेष्ठ नागरिक सम्मान तथा खिर खुवाउने कार्यक्रम सम्पन्न
बुटवल, साउन ।
खिर खाने दिनको अवसरमा बुटवलको देबिनगरमा जेष्ठ नागरिक सम्मान,भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ देबिनगर स्थित जेष्ठ नागरिक मञ्च,नवदुर्गा मन्दिर व्यवस्थापन समिति र जि २५ क्लव को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै ग्लुकोज बितरण गरिएको जेष्ठ नागरिक मञ्चका उपाध्यक्ष कुलबहादुर केसीले जानकारी दिए ।

जेष्ठ नागरिक मञ्च देबिनगरका अध्यक्ष रोम बहादुर कुवरको सभापतित्व र बुटवल वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रिमा बिसी,समाजसेवी चित्रबहादुर बर्मा,जेष्ठ नागरिक मञ्चका सचिव क्याप्टेन डोर बहादुर थापा,नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुँवर,जि २५ क्लव देबिनगरका अध्यक्ष देवु अर्गली,जेष्ठ नागरिक मञ्च देबिनगरका सह सचिव राम चन्द्र तिवारी लगायतले कार्यक्रमबारे आ आफ्नो भनाई राखेका थिए ।

जेष्ठ नागरिकहरुलाई बितरण गरिएको ग्लुकोजको सौजन्य जेष्ठ नागरिक सुमित्रा खत्रीले गरेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा झण्डै डेढ सय बढिको सहभागिता रहेको आयोजकले जानकारी दिए ।

 

 
 
  
 

You may also like