गर्मीमा घामबाट छालालाई यसरी जोगाउनुहोस्

गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न हुनु सामान्य हो । यस्तोमा अहिलेको गर्मी मौसममा घामबाट छाला जोगाउनु निकै चुनौती हुन्छ ।

यी हुन् घामले छाला डढ्दाका (सन बर्न) लक्षण
– छाला रातो हुनु
– छुदा पोल्नु
– फोका उठ्नु
– छालामा पीडा असहनीय हुनु
– ज्वरो आउनु, वाकवाकी लाग्नु

घामले छाला डढेको देखिन केही घण्टा लाग्दछ । यस पूर्ण असर देखिन २४ घन्टासम्म लाग्न सक्छ । सामान्यतः यी लक्षण अस्थायी हुन्छन् । तर त्यसको तुलनामा छालामा भएको क्षति भने स्थायी हुन्छ र छालाको क्यान्सरजस्ता गम्भीर दीर्घकालीन असर समेत निम्त्याउन सक्छ ।

बच्ने उपाय
– घामबाट छाला जोगाउन घर बाहिर निस्कने बेला सन ब्लक क्रिम लगाउनु पर्दछ ।
– सन बर्नबाट जोगिन गर्मी याममा घरबाहिर निस्किनु पर्दा प्रशस्त पानी खाने गर्नु पर्दछ ।
– यो मौसममा अनिवार्य छाता ओढ्ने वा टोपी पहिरिने गर्नु पर्दछ ।
– कतै बाहिर निस्किनु परे पुरै हातखुट्टा छोप्ने लुगा लगाउनु पर्दछ ।
– यो मौसममा बाहिर निस्कनु परे सन ग्लास लगाउन भुल्नु हुन्न ।

हुनत हाम्रो शरीरले प्राकृतिक रूपमै म्यालेनिन तत्व उत्पन्न गर्ने गर्छ, जसले घामको दुष्प्रभावबाट जोगाउँछ । तर अति भएपछि त्यसले पनि थेग्न सक्दैन ।

मानव शरीरको छालाको रंगका लागि म्यालेनिन नै जिम्मेवार हुन्छ । छालाको रंग गाढा हुनु घामबाट जोगिने एउटा प्राकृतिक उपाय हो ।

गोरो छाला भएकाहरूमा म्यालेनिन कम हुन्छ र सन बर्नबाट उनीहरू नै बढी पीडित हुने सम्भावना हुन्छ ।

 
 
  
 

You may also like