रुपन्देहीमा निको हुनेको संख्या ४९७ जना , ३७० जना संक्रमित , ५ जनाको मृत्यु

बुटवल । पछिल्लो २४ घन्टामा ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुटवलमा ११२ जना , तिलोत्तमामा ७९ जना, सिद्धार्थनगरमा  ३९ जना, देवदहमा  १९ जना, सैनामैनामा ६२ जना, कञ्चनमा  र लुम्बिनी सांस्कृतिकमा  १२र१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधनमा  ४ जना, गैडहवामा , मायादेवी र कोटहीमाईमा  १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् ।  जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

 
 
  
 

You may also like