७,८९० कोरोना संक्रमित निको, ८,४०७ नयाँ थपिए, १७७ को मृत्यु

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७,८९० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १९२ पुगेको छ । क्वारेन्टाइनमा ९१२ जना छन् ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १७७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

 
 
  
 

You may also like