रुपन्देहीमा ४८६ जना निको , थप २९४ जना संक्रमित , ४ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा क्रमिकरुपमा कोरोना संक्रमणदर खट्ने क्रम जारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ११८५ जना नमुना परीक्षण गर्दा २९४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुटवलमा ९० जना, तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २÷२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

रुपन्देहीमा २४ घण्टामा ४८६ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । आज थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।

 
 
  
 

You may also like