प्रधानमन्त्रीले विश्वासको मत नलिने, जेठ ९ गते संसद अधिवेशन आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुरा ब्रिफिङ गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला उनले बताए । ‘विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

 

 
 
  
 

You may also like