थप ६,५४३ जना कोरोना संक्रमित निको, ८,३०५ नयाँ थपिए, १९० जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,५४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८,३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल संक्रमित हुनेको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५,८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ६९५ जना पीसीआर र ३ सय ९२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ ।

 

 
 
  
 

You may also like