के तपाईँ सुत्दा घुर्नुहुन्छ ? यसरी हटाउनूस् घुर्ने बानीलाई…

सामान्तया कतिपय मानिसहरुमा सुत्ने क्रममा घुर्ने समस्या हुन्छ । राती निद्रामा घुर्ने यस बानीले स्वयंम व्यक्तिलाई भन्दा पनिसँगैको साथीलाई बढी असर पुर्याइरहेको हुन्छ । घुर्ने समस्या सानो बच्चा देखि वृद्धवृद्धा सबैमा हुन्छ ।

हाम्रो घाँटी र नाकको स्वासनली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ तब साँघरो नलीबाट छिटो छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँदछ । यहि घुर्ने समस्याका कारणले कतिपयको वैवाहिक सम्बन्ध बिग्रिएको पाइएको छ । यदि तपाईहरुमा पनि घुर्ने समस्या छ यसबाट छुटकारा पाउँन चाहानुहुन्छ भने यसो गर्नुहोस् ।

-अत्याधिक धुम्रपान,मद्यपान, र लागुऔषधबाट टाढा रहने ।

-नियमित रुपमा व्यायाम गर्ने ।

– सुत्नु भन्दा २ वा ३ घण्टा अगाडी खाना खाने र खाना खाँदा कम मसला हालेर ,चिल्लो पिरो कम खाने ।

-सुत्दा उत्ताने परेर नभई कोल्टे परेर सुत्ने ।

-सुत्नुभन्दा पहिला मनतातो पानीले शरीर पखालदा दिनभरिको थकान र तनावबाट मुक्त भइन्छ । जसले गर्दा घाँटीको स्वासनलीमा राहत मिल्छ । राती घुर्ने समस्या पनि कम हुदैँ जान्छ ।

-मोटोपन घटाउँने ,शारीरक कसरत गर्ने ।

-राती सुत्दा झ्याल अथवा भेन्टिलेसनबाट थोरै हावा आवजावत हुन दिने ।

-प्रशस्त मात्रामा पानी पिउने ।

-अत्याधिक मात्रामा घुर्ने समस्या भएमा चिकित्सकको सल्लाह लिने ।

 
 
  
 

You may also like