बढ्यो गर्मी : पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय

केहि दिनको धुमिल मौसम क्रमिक रुपमा खुलेसँगै गर्मी बढेको छ । गर्मी बढेसँगै बढ्ने एउटा समस्या हो, पिसाब पोल्ने । बालबालिका युवा विशेषगरी महिलामा यो समस्या बढी देखिन्छ । अझ कामकाजी मानिस यस किसिमको समस्याबाट बढी नै पीडित हुन्छन् । तर धन्दा नमान्नुहोस् शरीरमा पानीको मात्रा कम हुँदा देखिने पिसाब पोल्ने समस्याबाट बच्ने उपायबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

हुनत पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले शरीरमा भएका अन्य रोगको पनि संकेत गर्छ । तर धेरै अवस्थामा पानीको मात्रा नपुगेपछि यस्तो समस्या देखिने भएकोले यसमा सचेत हुनुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।
महिलाहरुमा विभिन्न यौनरोगहरु जस्तै गनोरिया, क्लामैडिया, यौनांगमा घाउ आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ । पुरुषमा पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो।
यदी मिर्गौला, पिसाब जाने नली वा मूत्राशयमा पत्थरी भएको छ भनेपनि पिसाब पोल्ने लक्षण देखिन सक्छ । पत्थरीको कारणले मुत्रनलीमा संक्रमण हुन मद्दत पुर्‍याउँछ । यसकारण असह्यै पिडा हुन्छ । बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गरिरहनुपर्छ ।
घरेलु उपचारबाट कसरी निको बनाउने ?

-सरसफाईमा विशेष ध्यान दिने ।

-गर्मीयाममा शरीरलाई झनै बढी पानी आवश्यक हुन्छ । त्यसैले सफा पानी प्रशस्त पिउने, हरेक विाहान दुई ग्लास मनतातो पानी पिएर दिनको सुरुवात गर्ने गर्नुपर्छ । सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउने ।

-पिसाब पोल्न थालेमा गाँजरको रस साँझ–बिहान एक गिलास सेवन गर्ने।

-फलफूलमा आलुवखरा, अंगुर पाकेको आँपको जुस पिउने। उपलब्ध भएमा खरबुजा, काक्रोले तत्काल पानीको अभाव पूर्ति गर्छ ।

-आँप र मह धेरै सेवन नगर्ने

-चामलको माडमा साथै चौलानीमा थोरै चिनी मिसाएर पिउने ।

-नरिवलको पानी सेवन गर्ने।

-बेलुका भिजाइएको दुई चम्चा धनिया बिहान उठेर मिश्रीसँग पिउने।

-हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान पिउने ।

-तरकारीमा मेथीको साग खाने।

-दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गर्ने ।

 
 
  
 

You may also like