अक्षर नराम्रो भएर हैरान हुनुहुन्छ ? पढ्नुहोस अक्षर सुधार्ने ८ तरिका

एजेन्सी । झट्ट हेर्दा राम्रो लाग्ने अक्षर नियमले सही नहुन सक्छ । हरेक खालका अक्षरको उत्कृष्ट लेखाइका लागि केही आधारभूत कुरामा ध्यान दिनुपर्छ ती यसप्रकार छन् जस्तै :

१) अक्षर स्पष्ट र सबैले बुझ्ने हुनुपर्छ ।

२) अक्षरको आकार समान हुनुपर्छ ।

३) नेपाली अक्षर लाइनभन्दा मुनि झुन्ड्याएर लेख्नुपर्छ ।

४) अक्षरको माथि अनिवार्य डिको तान्नुपर्छ ।

५) डिको दिँदा सीधा र कापीको तेस्रो धर्को छोपिने हुनुपर्छ ।

६) अक्षरमा दिइने मात्राले अक्षर छुनुहुँदैन ।

७) डिकोले सबै अक्षर र मात्रालाई छुनुपर्छ ।

८) एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को छुनुहुँदैन ।

 
 
  
 

You may also like