मधुमेहबाट आफूलाई बचाउन यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

by समतल अनलाइन

काठमाडौँ। पछिल्लो समय मधुमेहका बिरामीहरु बढिरहेका छन् । भोजन तथा शारिरीक व्यायामलाई बेवास्ता गर्दा मधुमेहका रोगीहर बढिरहेको एक अध्ययनले पनि देखाएको थियो । प्रत्येक तेस्रो व्यक्ति यो रोगबाट पिडित रहेको एक अध्ययनले देखाएको थियो । तर यदि तपाईं आफूलाई स्वस्थ राख्नुहुन्छ र केहि विशेष तरिका अपनाउनुहुन्छ भने यो रोगबाट बच्न सकिन्छ । मधुमेहबाट आफूलाई बचाउनका विशेषः विभिन्न कुरामा ख्याल दिनुपर्छ ।

यदि तपाईंलाई मधुमेहको डरले सताउने गर्दछ भने चिनीको सेवन बन्द गर्नुहोस् ।

बेसार मधुमेहको लागि निकै लाभदायक साबित हुने गर्दछ । यसको पर्याप्त सेवन गर्दा मधुमेहको खतरा ५० प्रतिशत कम हुने गर्दछ ।

खानामा प्रचुर मात्रामा म्याग्नेसियमको प्रयोग गनुहोस् । यसले मधुमेहको खतरालाई क मगर्ने गर्दछ । आफ्नो आहारमा म्याग्नेसियमयुक्त खाद्य पदार्थ जस्तैः हरियो पात भएको साग, ब्रोकोली, एभाकाडोजस्ता खाद्य पदार्थ समावेश गर्नुहोस् ।

खानामा दालचीनीको प्रयोग गर्दा मधुमेहको खतरा कम हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रा नियन्त्रित हुने गर्दछ ्र

मधुमेहबाट बच्न चाहनुहुन्छ भने तपाईंले प्रचुर मात्रामा भिटामिन डी को सेवन गर्नुपर्ने हुन्छ । भिटामिन डीयुक्त खानाको सेवनले तपाईं आफूलाई मधुमेहबाट बचाउन सक्नुहुनेछ ।

उखुको रसले शरिरको ब्लड सुगर लेभललाई नियन्त्रित गर्ने गर्दछ । तपाईं भोजनमा यसको प्रयोग गर्नुहोस् वा सलादमा हालेर खानुहोस् । यसले तपाईंको मधुमेहको खतरा निकै कम हुने गर्दछ ।

यदि तपाईं धुम्रपान गर्नुहुन्छ भने आजबाट बन्द गर्नुहोस् । मधुमेहको खतरा, धुम्रपान रोगीहरुलाई सबैभन्दा बढि हुने गर्दछ ्र

 
 
  
 

You may also like