सलमानको साथमा देखिएकी यी युवती को हुन् ?

by समतल अनलाइन

काठमाडौँ । विहीबार सम्पन्न भएको आइएफएफए अवार्डमा सलमान खानको साथमा देखिइन् एक युवती ।

सलमान खानसँगै देखिएपछि सबैले उनीबारे जान्न चाहेका थिए ।

उनीबारे सोधिएपछि सलमान खानले जानकारी दिएका थिए ।

उनको नाम साइ मन्जरेकर हो । उनी महेश मन्जरेकरकी छोरी हुन् ।

मिडिया रिपोर्टका अनुसार उनी दंबग ३ फिल्ममा रहेकी छिन् ।

बलिउडमा डेब्यु गर्ने क्रममा रहेकी उनी चर्चामा आउन पनि सलमान खानको साथमा रहेकी हुन् ।

उनलाई बलिउडमा डेब्यु गराउन सलमान खानको प्रमुख हात रहेको समेत बताइएको छ । केही वर्ष अगाडि सलमान खानले नै सोनाक्षी सिन्हालाई यसरी नै अरुसामु परिचीत गराएका थिए ।

 
 
  
 

You may also like