प्रचण्ड-नेपाल पक्ष सडकमा पछारिए – टोपबहादुर रायमाझी

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी  नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड(नेपाल पक्ष सडकमा पछारिएको बताएका छन् ।
बुटवलमा नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्ड(नेपालसँग विकासको एजेन्डा नभएर आफुलाई पदका लागि अहिले सडकमा गएको बताए ।

अहिले मन्त्रीहरु आफ्नो पक्षमा फर्किन लागेको भनेर हल्ला चलाएकोप्रति मन्त्री रायमाझीले प्रचण्ड(नेपाल पक्षका नेताहरु ओली पक्षमा फर्किने लहरो लागेको बताए ।

उनले जनयुद्धका घाइतेहरुको उपचार ओलीले नै गर्ने बताउदै प्रचण्ड दुई पटक प्रधानमन्त्री हुदा घाइतेहरुलाई नहेरेको आरोप उनले लगाए ।

 

 
 
  
 

You may also like