गृहमन्त्री लामिछानेलाई जोगाउन प्रधानमन्त्रीको मरिहत्ते : नेता कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीलाई माओवादीले पुच्छर सोँचेको बताउनु भएको छ । स्व गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवनको बुधबार बुटवलमा शिलान्यास गर्दै उहाँले कांग्रेसको महासमितिलाई प्रचण्डले आफ्नो पार्टीको बैठक ठानेको उल्लेख गर्नुभयो । उहाँले कांग्रेस पार्टीलाई कमजोर नसोच्न प्रचण्डलाई सुझाव दिनु भएको छ । नेता कोइरालाले कांग्रेस एक्लै चुनाब जित्न सक्षम रहेको दाबी गर्दै आउँदो निर्वाचनमा बसैको बैशाखी नटेक्ने दोहो¥याउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले रवी लामिछानेलाई बचाउने पक्षमा रहेको टिप्पणी गर्नुभयो । उहाँभन्नुभयो–‘प्रधानमन्त्री किन रवि लामिछानेलाई बचाउन लागि रहनु भएको छ, यसमा शंका गर्ने विषय भएको बताउनुभयो ।

उहाँँले राजनीतिज्ञ गर्नेमा नैतिकता हुनु पर्ने बताउनु भएका उहाँले गृहमन्त्री लामिछानेलाई आफ्नो नैतिकता प्रस्तुत गर्न स्पष्ट पार्नुभयो । नैतिकता भएकाले गर्ने राजनीतिमात्र सफल र उदाहरणीय हुने बताउनुभयो ।

कोशी प्रदेशमा कांग्रेसको सरकार बन्दा त्यसले पार्टीलाई कुनै घाटा नभएको उहाँको तर्क छ । अहिले कोशीमा धारा ५ को सरकार बनेको भन्दै त्यहाँबाट फेरी दुईमा फर्किने सम्भावना नभएको कोइरालाले बताउनुभयो । अब कि अहिलेको सरकार रहने वा मध्यवधीमा जाने विकल्प मात्र रहेको उहाँले उल्लेख गनुृभयो ।

कार्यक्रममा कांग्रेस नेताहरु अब्दुल रज्जाक, डा गोविन्दराज पोख्रेल, गंगा शाही, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्वकेन्द्रिय सदस्य बाबुराम राना, बिष्णु पोखरेल, रुपन्देहीका पुर्वसभापती रामचन्द्र ढकाल, पुर्वसांसद प्रमोद यादव, नगर सभापति खेलराज पाण्डेय, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँण, पाल्पा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, काजिमान श्रेष्ठ, परमानन्द भट्टराइ, बालकृष्ण पौडेल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

 
 
  
 

You may also like