प्रचण्डले नेपालको ढाडमा टेकेर ओलीलाई हाने – शंकर पोखरेल

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकंर पोखरेलले केहि नेताले बाटो बिराए पनि जनता आफुहरुको पक्षमा रहेको बताए ।
बुटवलमा नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले आजको बुटवलको जनसभाको उपस्थिति हेर्दा जनता आफुतर्फ रहेको प्रमाणित भएको बताए ।

पोखरेलले प्रचण्डले पार्टी एकीकरण भएपछि माधव नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीलाई हानेको आरोप लगाए ।उनले नेपालको कानुनले अध्यक्ष ओली र महासचिव विष्णु पौडेललाई मात्र चिन्ने बताउदै दुवै आफुतर्फ रहेको बताए ।

अब आधिकारिकताको विवाद नरहेको भन्दै यो सभाले आधिकारिक नेकपा आफुहरु नै भएको प्रमाणित भएको बताए । अब हुने निर्वाचनमा ओली पक्षले फेरी बहुमत ल्याउने दाबि गर्दै पोखरेलले ओलीको नेतृत्वमा नै अब देशमा सम्बृदी आउने बताए । लुम्बिनी प्रदेश देशकै सबैभन्दा बढी पुँजीगत खर्च गर्ने प्रदेश भएको बताउदै पोखरेलले प्रदेश विकासको बाटोमा अगाडी बढिसकेको दाबी गरे ।

 
 
  
 

You may also like