इरानमा एकै दिन दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामै ५० व्यक्तिलाई मृत्युदण्ड

काठमाडौँ । इरानमा शनिबार दुई महिलासहित सात जनालाई फाँसी दिइएको छ । बीबीसीका अनुसार इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ ।

फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषधसम्बन्धी अपराधमा पक्राउ परेका थिए । शनिबार मृत्युदण्ड सजाय पाएकी अर्की महिला श्रीमान्को हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन् ।

इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो दशकमा सबैभन्दा ठूलो संख्या हो । इरानी र्‍यापर टुमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक हुन् । सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए ।

 
 
  
 

You may also like