लुम्बिनी फोटोग्राफर संघको तिलोत्तमा र देवदहमा क्षेत्रगत उप-समिति गठन

बुटवल । लुम्बिनी फोटोग्राफर संघले रुपन्देहीको देवदह र तिलोत्तमा नगरपालिकामा उप – समिति गठन गरेको छ।

शनिबार भएको कार्यक्रममा देवदहको संयोजकमा लोकहरी पाण्डेय , सचिवमा दिपक खत्री ,कोषाध्यक्षमा जितेन्द्र चौधरी र सदस्यहरुमा बिष्णु पाण्डे , हिरा श्रीस चयन भएका छन ।

त्यसैगरी तिलोत्तमाको संयोजकमा आकाश पन्थ,सचिवमा सुरज भण्डारी,कोषाध्यक्षमा मोहन न्यौपाने र सदस्यहरुमा बालकृष्ण भण्डारी ‘विक्की’ ,आशिका तिवारी,नरेश कंडेल चयन भएका छन ।
साथै लुम्बिनी फोटोग्राफर संघ आफ्ना सदस्यहरूलाई क्षमता अभिवृद्धि र अभिमुखिकरण कार्यक्रम गरेको छ।

नेपाल फोटोग्राफर संघ केन्द्रिय समितिका संयोजक अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता ,लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता र महासचिव त्रिभुवन पाण्डेले कार्यक्रम सञ्चालन गरेका हुन। कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो।

 
 
  
 

You may also like