यस्ता व्यक्तिलाई हृदयघातको सम्भावना बढी

by समतल अनलाइन

मोटो मानिसलाई हृदयघातको सबैभन्दा बढि सम्भावना हुन्छ भन्ने मानिन्छ । तर, दुब्ला र फिट मानिसले आफ्नो स्वास्थ्यको राम्रो ख्याल राखेनन् भने उनीहरुलाई पनि हृदयघातको खतरा हुन्छ । यसका लागि स्वस्थ खाना, नियमित जाँच, व्यायाम आदि कुरामा ध्यान दिनुपर्छ । एक अनुसन्धानका अनुसार विशेषगरी यस्ता मानिसमा हृदयघातको धेरै सम्भावना हुन्छ ।

१. अल्छी र शारीरिक रुपमा निष्क्रिय
जो व्यक्ति नियमित मर्निङ वाकमा जाँदैन, व्यायाम वा योगा गर्दैन र धेरै समय काम नगरी सुतेर बिताउँछ । उसको कोलेस्ट्रोल बढ्न थाल्छ । यसका कारणले हृदयसम्बन्धी रोग लाग्ने खतरा बढी हुन्छ ।

२. वंशाणु
यदि कसैको आमाबुवामा हृदयघातको लक्षण देखा परेको छ भने त्यस्तो समस्या बच्चाहरुलाई पनि सर्न सक्छ । यसबाट बच्नका लागि खाने कुरामा र व्यायाममा ध्यान दिनुपर्छ ।

३. दुब्ला मानिस
जो मानिस दुब्ला र शारीरिक रुपमा सक्रिय हुँदैनन् त्यस्ता व्यक्तिलाई पनि हृदयघातको सम्भावना बढी हुन्छ । अझ यस्ता मानिसलाई उच्च रक्तचाप र मधुमेहको समस्या पनि छ भने उनीहरुलाई झन धेरै खतरा हुन्छ ।

४. चुरोट बढी पिउने
चुरोट बढी पिउने मानिसको मुटुबाट रगत बहने नर्भस्हरु कालो हुन थाल्छन् । यस्तोमा हृदयघात हुने सम्भावना अधिक हुन्छ ।

५. उच्च रक्तचाप
उच्च रक्तचापका बिरामीको कोलेस्ट्रोल धेरै हुन्छ । यसका कारण मुटुमा विभिन्न अवरोध उत्पन्न हुन्छन् जसकारण हृदयघात हुने खतरा वृद्धि हुन्छ ।

६. मोटा मानिस
शरीरको तौल बढी भएका मानिसमा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलको समस्या हुन्छ । त्यसकारण उनीहरुलाई हृदयघात हुने हुने सम्भावना अत्याधिक हुन्छ ।

७. बढ्दो उमेर
बढ्दो उमेरसँगै मनिसले आफ्नो स्वास्थ्यको राम्रो ख्याल राखेन भने कोलेस्ट्रोल बढ्न थाल्छ र हृदयघातको खतरा पनि बढ्दै जान्छ ।

८. मधुमेह
मधुमेहका बिरामीका मुटुमा अवरोध आउने सम्भावना धेरै हुन्छ । त्यसैले उनीहरुमा मुटुसम्बन्धी रोग र हृदयघातको सम्भावना धेरै हुन्छ ।

 
 
  
 

You may also like