जगिङ गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

by समतल अनलाइन

हेवी डाइटिङ गरेर जगिङमा ननिस्किनुहोला । हेवी डाइटिङलगत्तै जगिङ गर्दा डाइजेस्टिव मसल्समा असर पार्छ । पेट दुख्ने, उल्टी हुने तथा पखालाको समस्या पर्न सक्छ । हेवी खानापछि कम्तिमा तीन घन्टापछिमात्रै जगिङ गर्नुपर्छ । हल्का नास्ता पनि एक घन्टा पहिल्यै खाएको हुनुपर्छ ।

जगिङमा निस्किनुअघि धेरै पानी पिउनु ठीक होइन । सोडियम लेभल कम भएर दिमागका सेल्समा नकारात्मक असर पार्न सक्छ । एक घन्टा दौडिने योजना हो भने दौडिनुभन्दा एक घन्टाअघि दुई गिलास पानी पिउनुहोला । केही बेरमा बाथरुम जान सकिन्छ । दौडिनुभन्दा तत्काल अगाडी चाहिँ आधा गिलास पानी पिउँदा फरक पर्दैन ।

जुत्ता राम्रो रोज्नुहोस् । हिल भएको र निकै कँसिलो जुत्ता लगाउनु हुँदैन । दौडिनुअघि स्ट्रेचिङ र वार्मअप पनि गर्नुहुन्न । नसामा समस्या निम्तिन सक्छ । सुरुमा हल्का दौडिने, बिस्तारै–बिस्तारै । मांशपेशी केही तातेपछि मात्रै दौडको दर बढाउन सक्नुहुन्छ ।

 
 
  
 

You may also like