तपाईलाई थाहा नहुनसक्छ जमराको जुसको यी १० अद्भूत फाइदा

by समतल अनलाइन

गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड, आइरन म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।

जमराको जुसमा क्लोरोफिल प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरको रगत सफा गर्छ । त्यस्तै आज हामी तपाईलाई जमराको जुसको १० विशेष फाइदाबारे जानकारी गराउँछौं ।

१. यसले शरीरमा भएका घाउहरु निको गराउँछ ।
२. श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउनुका साथै दाँतलाई बलियो बनाउँछ ।
३. शरीरको वजन घटाउँछ ।
४. रक्तसञ्चारलाई सन्तुलनमा ल्याउँछ । चर्मरोगको उपचार गर्छ ।
५. यसले भोक कम गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ ।
६. डण्डिफोर र बिबिराबाट जोगाउनुका साथै घामको एलर्जी हुनबाट बचाउँछ ।
७. क्यान्सर हुनबाट बचाउँछ ।
८. महिलाहरुमा हुने महिनावारी गडबडीलाई नियमित गराउँछ ।
७. महिलाहरुमा प्रजनन क्षमतामा वृद्धि गराउँछ भने पुरुषहरुमा वीर्य उत्पादन बढाउँछ ।
८. नियमित रुपमा जमराको जुस सेवन गरेमा मधुमेह निको पार्न सहयोग गर्छ ।
९. आँखाको दृश्यशक्तिलाई वृद्धि गराउँछ ।
१०. शरीरको थकान हटाउनुका साथै चायाँ कम गराउँछ ।

 
 
  
 

You may also like