डाह र ईष्र्या होईन कर्म प्रतीको विश्वास हो जिवन !

by समतल अनलाइन
  • आर.आर हरिकृष्ण जोशी

विचित्रको छ समाज कर्सैलाई धनको लोभ छ कसैलाई पदको लोभ छ ,कसैलाई अर्नौठौ सोख छ म नजिक बसेर हेरीरहेको छु कसैले मलाई माया गर्छन,कसैले घृणा गर्छन,कसैले सल्लाह दिन्छन यसो गर र त्यसो गर भनेर ,कोहि बिचरा यसको जिन्दगी भन्ने पनि छन र कोही मेरै जिन्दगी देखेर जल्नेहरु पनि छन । यो सामान्य मेरो जीन्दगी होईन म जस्ता आम मान्छेको जिन्दगीमा यस्ता मानीसहरु फेला परिरहन्छन र यिनिहरुकै बिचमा जिबनलाई सहज किसिमले अगाडी बढाउनु छ ।
अथाहा सम्भावनाका विच जिवन विताईरहेका हामी सम्भावनालाई पनि शंकाको रुपमा लिएर जिवन गन्तव्यहिन वनाईरहेका छौ । कतिपयले आफनो जिवनमा खाली निराशा मात्र देखेर आत्महत्या तिर लम्कीरहेका छन ,कोही जीन्दगीमा केही गर्न सकिएन भनेर अरुलाई सुनाईरहका छन भने कोही कुहीरोको कागजस्तो हराईरहेका छन र अमm भनौ आउने पुस्ताहरुलाई जिबनको नकारात्मक कुराहरु उनीहरुको मानस पटलमा भरिदीएका छौ ।
मन सबैको छ ,पिडा सबैका छ ,दु ख सबैलाई छ ,आशु सबैका बग्छन तर आफनो मात्र देख्ने र म मात्रै अभागी रहेछु भनेर अरुलाई नहेरी जिबन देखी हार मान्नु र दु.ख पीडा पर्ने बिीत्तकै तुरुन्तै निर्णय लिएर आफुलाई बर्बादी तिर धकेल्नु कदापी राम्रो होईन । द्रब्य सगं बिकाउ जमात छ सजिलो छैन जिबन जिउनलाई तर बिकल्प भने धेरै छन त्यही बिकल्प जसले खोज्छ उ नै असली जिबन जिउनका लागी पहिलो हकदार हुन्छ । खुट्टा भएर पनि हिडनाई अरुले जोड दिनु पर्दछ भने आत्मबल र आत्मबिस्वासको कमि रहेको बुमmनु पर्दछ । आपना सोच बिचार र ब्यबहार आफैमा लागु गर्न सकीएन भने जिबनको कुनै अर्थ रहदैन ।
यो संसारमा आफुलाई नराम्रो वा गलत ठान्ने मानिस नै छैन । उदाहरणको लागी तपाई एउटा जेलमा गएर जेलमा बसेकाहरुलाई सोध्नुहोस त्याहा बस्ने प्राय जसो ब्यक्तिहरmको भनाई मलाई फसाईयो,मेरो केही गल्ति छैन,उनीहरु सबै मिलि म माथी आक्रमण गरे , मैले मान्छे चिन्न गल्ती गरे ,म सिधा भएको कारण मलाई फसाईयो भन्ने जस्ता जबाफ सुन्न पाईन्छ र यो जबाफ सुने पछि यस्ता निर्दोष ब्यक्तीहरु एकै ठाउमा भेटन कहा पाईन्छर जस्तो हुन्छ । हो मानीस पनि त्यही मैले त गर्न खोजेकै थीए,घर परिवारले साथ दिएन,आर्थीक अभाब भयो भगवान पनि मेरो बिरुद्धमा लागे जस्तो भयो भन्ने जस्ता कुराहरु सुन्न पाईन्छ के यीनै कारण हो त हामी सफल नहुनु र जीन्दगीबाट हार खानुमा ? कदापी होईन आफना बाबु आमाको हत्या आफै गर्ने अनि हो म टुहुरो हु मलाई माफी दिनुहोस भन्न मिल्दैन । उखानै छ नी नक्कलमा पनि अक्कल चाहीन्छ अर्काको देखेर रिस र डाहले केही हुदैन आपmनै मेहनत र परिश्रममा भर गर्नुपर्दछ । जिबन थाक्नको लागी होईन यदि जिबन थाकीहालो भने जिबनमा कहिलै प्रगती गर्न सकिदैन ।
सपनाले मात्र जिबन चल्दैन सपना नदेख्ने मान्छे त हाम्रा वरपिरि नै छैनन् सबैले आ आफनै ईच्छा चाहाना अनुसार नै सपना देखीरहेका हुन्छन । सपना पुरा गर्न सपनाको बाटोमा पनि हिडनु पर्दछ सपना सगैं कामको शुरुवात नगर्ने हो भने सपनाको कुनै काम छैन तसर्थ जे देख्नु हुन्छ जे सोच्नुहुन्छ शुरु गर्ने सबै भन्दा राम्रो साईत आजै हो भनि शुरु गर्नुहोस । आफनो भगवान आफै हो शक्ति कतै बाहिर लुकेर बसेको हुदैन साईत पर्ने बित्तिकै दौडीएर आउने खालको । ससांर तयार छ परिबर्तनको लागी मात्रै अब तपाई तयार हुनुहोस शु.ख,दु.ख,घाम पानी,पिडा,तनाब जिबनमा आईनै पर्दछन तसर्थ शिखर चढने लक्ष्य लिएको मानीस लडे पनि अघि बढछ हो तपाई पनि त्यही मानीस हो जो सगं सपना सगंसगै सपनालाई पछाउने आट र अठोट छ हो त्यसैले सपनालाई पुरा गरी जिबनलाई आनन्द तुल्य बनाउनुहोस ।
आर.आर ह्रिकृष्ण जोशी
बैंकर

 
 
  
 

You may also like