बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भाद्र १४ गते कोरोना बिषेश अस्पतालमा भर्ना भएका ओमसतिया ४ का ४० वर्षिय पुरुषको मध्यराती १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनको १४ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि प्रादेशिक अस्पतालले संचालन गरिरहेको कोरोना बिषेश अस्पतालको भेन्टिलेटरमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा शुक्रबार रातीबाट स्वास्थ्यमा समस्या बढेको र मध्यराती निधन भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

आज भएको मृत्युसंगै रुपन्देहीमा संक्रमितको मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

 
 
  
 

You may also like