बुटवल।कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सवको अवसरमा छात्रवृत्ती वितरण सथा सम्मान कार्यक्रम गरिएको छ । बार्षिक उत्सवको पचौं दिन कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरमा छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम आयोजना गरी २ सय बढिलाई छात्रवृत्ती प्रदान गरिएको छ । विभिन्न दाताहरुले स्थापना गरेको १ करोड ३० लाख रुपैयाँ बराबरको रकमबाट गरेको ६२ प्रकारका छत्रवृत्ती प्रदान गरिएको हो ।
छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामखु तुलाराम घर्तीमगरले मान्छे को क्षमता खासखास प्रयोग गर्नु पर्ने बताएका थिए । नेतृत्वले आफ्नो जिम्मेबारी पूर्णरुपमा निर्वाह गरेर उदाहरण पेश गरेको एउटा नमुना कालिका मानवज्ञान मावि भएको भन्दै उनले कालिकाबाट अन्यले धेरै कुरा सिक्न बाँकी रहेको बताए । कालिकाले देशलाई उदाहरणीय को रुपमा प्रस्तुत गरेको भन्दै यसको सिको सबैले गर्नु पर्ने धारणा सभामुखले राखेका थिए । ७५३ स्थानीय तहले नै पुर्ण नेतृत्व कालिकाको जस्तै उदाहरण पेश गर्नु पर्नेमा उनले जोड दिए ।उनले भने–“मान्छे ईमान बिर्सन हुँदैन, ईमानलाई दृणतापुर्वक बचाउने हो भने एक दिन सफल भईन्छ’’
मानिसलाई चाहिने उर्जा भनेको स्वाभिमान भएको भन्दै उनले मानिसमा ईमान र स्वाभिमान ओरालो लागिरहेको बेलमा कालिकाले संकटको घडिमा स्वाभिमान् जोगाउन सफल भएकोे बताएका थिए । राम्रो काम गर्न चाहेर पनि गर्न नसक्ने अवस्था अहिले रहेको भन्दै ईमानदार पुर्वक काम गरेमा असंभव केही नभएको बताए ।
अनुशासन मानिको सबैभन्दा ठुला कुरा भएको भन्दै उनले कर्तव्यबोधको साथ ईमानदारिता पालना गर्नु पर्ने बताए ।निश्चित गन्तव्य चिन्न नसक्ने मानिस सफल नहुने भन्दै सभामुख घर्ती ले अनुशासन , गन्तव्य , कर्तव्यबोध का साथ जो कोहि पनि सफल हुनुपर्ने बताएका थिए । समाज अहिले ३ तहमा विभाजित भएको भन्दै सभामुख घर्ती ले स्वपहल पुर्ण जिम्मेवारी पुर्ण लाग्ने समाज ३०% मात्रै रहेको भन्दै उनले स्वार्थविना समाजको राष्ट्रिय को नेतृत्व गर्ने जनसंख्या रहेको बताए ।हाम्रो नेपाली समाजमा ४०% धारा ईमानदारिता गर्ने धारा रहेको र अर्का ३०% सत्ता सम्म पनि “अटेरी धारा“ को कारण समस्या रहेका बताए । नेपालको संविधान धारा ३१ मा आधारभुत सम्म अनिवार्य र माध्यमिक तह सम्म निःशुल्कमा शिक्षाको सुनिश्चित गरेको बताउदै उनले संविधानको पुर्ण पालना गर्नु पर्ने बताएका थिए ।विश्वको उत्कृष्ट संविधान नेपालका रहेको भन्दै पालना गर्ने, गराउनेको ईमानदारिता आवश्यक रहेको बताएका थिए ।
३५२ जना शिक्षक मध्ये ६८ जना मात्रै सरकारी सेवा सुविधा लिएको अवस्था भएको भन्दै राष्ट्रिय रुपमा अब्बल बनाउनको लागि सहि नेतृत्व सहि भएकै कारण अहिलेको अवस्था आएको बताएका थिए ।अहिलको राजनीति प्रणाली मा परिवर्तन गर्न आवश्यक रहेको भन्दै सभामुख घर्तिले प्रत्यक्ष निर्वाचन सहितको राजनीति प्रणाली आवश्यक रहेको बताएका थिए
कार्यक्रममा प्रध्यापक रामलाल श्रेष्ठले नेतृत्व को प्रसांसा गर्न पर्छ, सबै को मिहिनेत बाट कालिका बाट आधुनिक कालिका मानवज्ञान भएको भएको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका प्रमुख सल्लाहकार घनश्याम पाठक आफ्नो कार्याकालका कालिका विकासको प्रस्ताव पेश गरिएको स्मरण गर्दै सोही बेलादेखि सुरुवात भएको अभियानले सार्थकता पाएको बताएका थिए । आफुले उत्पादन गरेको जनशक्तिले अहिले नेतृत्वमा रहेको स्मरण गर्दै पाठकलले सौभाग्यशाली भएको तर्क गरेका थिए । असल काम गर्ने व्यक्ति लाई खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले कुरा धेरैले गर्छन तर काम गरेर देखाउन जरुरी रहेको बताए । कामले उपलब्धि हुने भन्दै उनले समाजप्रति को उत्तरदायी निर्वाह गर्न जरुरी भएको पाठकलले बताएका थिए ।कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा शैक्षिक व्याक्तित्व होम बहादुर गलामीले राजनीति वितृष्णको कारण अहिले देशमा समस्या आएको भन्दै झोलेहरुले देश विगारेको तर्क गरेका थिए ।सबैको पहलबाट नमुना आधुनिक कालिका बन्न सफल भएको बताउँदै उनले बांगेकुसुम स्कुल हुँदै कालिका बन्नुमा धेरैको योगदान रहेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पेैसाको कारणले कुनै पनि विद्यार्थी फिर्ता पठाउनुनपरोस् भन्ने धारणा साथै दाताहरुको सहयोगमा कालिकामा विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्ती स्थापना गरिएको जसको पूर्णरुपमा सदुपयोग भैरहेको बताएका थिए ।
कालिका आफैमा एउटा ब्रान्डको रुपमा स्थापना हुनको लागि सबैको ठुलो सहयोग साथ र सद्भाव बाट संभव भएको उनको भनाई थियो । कालिकलो कुनै पनि विद्यार्थीको अनुहार मलिन नबनाउने भन्दै उनले आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट बञ्चीत हुनुपर्ने अवस्था नभएको बताएका थिए । अवको कालिका अनुसन्धान र खोजमुलक बनाउनको लागि रिसर्च सेन्टर स्थापना गरेको प्रधानाध्यापक थापाको भनाई थियो ।
कार्यक्रममा विद्यालयका सहायक –प्रधानाध्यापक लोकराज घिमिरेको स्वागत तथा ईन्चार्ज कृष्ण गौतमको सञ्चालनमा भएको कार्यक्रममा अक्षयकोष दाता तर्फबाट बाट चन्द्र प्रकाश शर्मा मन्तव्य ले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिका अहिलेको अवस्थामा आउनको लागि पुर्व शिक्षक, जन प्रतिनिधि, व्यवस्थपान समिति, अभिभावक सबैको कडा मिहिनेत रहेको बताएका थिए । कालिका मानवज्ञान माविका स्थापना भएका ६२ प्रकारका छात्रवृत्तीबाट गरिबी तथा जेहेन्दार, उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा पत्रकार समेत सम्मान गरिएको थियो । अक्षयकोषबाट बुटवल टुडे पत्रिकाका पत्रकार माया केसी तथा बुद्ध टेलिभिजन हिमालय टिभीका पत्रकार ललित पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो ।
कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मुल समारोह पुस ७ गते विहान ९ बजे सेक्टर १ कालिकानगरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुँदै छ ।