कक्षा ९ मा पढ्ने पुष्पाको उपचारमा आर्थिक अभाव

by समतल अनलाइन

नेपालगन्ज । नारायण माध्यामिक विद्यालय नेपालगन्जको कक्षा ९ मा अध्ययनरत १७ वर्षीया छात्रा पुष्पा अधिकारी गत हप्तादेखि भेरी अस्पतालको आइसीयूमा उपचारार्थ छिन । उनलाई डाक्टरले नेपालगन्जमा उपचार गर्न नसकिने बताइसकेको छ । थप उपचार गर्न पैसा उनिहरुसगं छैन ।

सुरुमा ज्वरोको समस्याले ग्रसित उनले नेपालगन्जको एक मेडिकलमा समान्य औषधि(उपचार गरिन । तर उनलाई सन्चो भयन । बिरामीले साह्रै सताएपछि उनलाई भेरी अस्पतालमा लगियो । भेरीमा जाँच गराउँदा उनको मृगौलामा समस्या संगै फोक्सोमा पानी जमेको रिपोर्ट आयो । अरुको घरमा भाँडा लुगा सफा गरेर पढाइ खर्च जुटाइरहेकी उनलाई अहिले उपचारमा आर्थिक अभाव भएको छ ।

सुर्खेत घर भइ हाल नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा भाडामा बस्दै आएकी पुष्पालाई अहिले थप उपचारको अभाव भएको छ। बि.सं २०७० सालमा सुर्खेतमा रहेको घर पहिरोले पुरेपछी पुष्पा सहित उनको परिवार नेपालगन्ज झरेको हो। आफ्नो दिदी र भाइसंगै कोठा भाडामा बसेर पढाईलाई अगाडि बढाइरहेकी पुष्पा गत हप्तादेखि बिरामी परेकी हुन ।

घरको अवस्था दयनीय रहेकोले थप उपचार गराउन नसक्ने अवस्थामा रहेको छ । कामको सिलसिलामा उनका बुवा आमा भारतको सिम्लामा रहेका छन। यता डाक्टरले उनलाई जति सक्दो चाँडो थप उपचारका लागि काठमाडौं लिन सुझाव दिएका छन। तर पुष्पालाई काठमाडौं लगेर उपचार गर्ने मात्र नभएर खाना खाजा खुवाउने पैसा समेत छैन । थप उपचार र आर्थिक अभावमा पुष्पा यतिबेला भेरी अस्पतालको सैयामा बेवारिसे अवस्थामा रहेकी छिन ।

उनका बुवा नेपाल आइपुग्न अझै केहि दिन लाग्ने खबर आएको पुष्पाको दिदि सिता अधिकारीले बताईन । उनलाई यतिबेला मनकारी सहयोगीहरुको खाँचो छ । फोक्सोमा पानी जमेका कारण उनलाई आइसियूमा राखेर काठमाडौंको अस्पतालमा राखेर उपचार गर्नुपर्ने डाक्टरको सुझाव छ। डाक्टरले ३ दिन अघि नै काठमाडौं लैजान भनेपनी आर्थिक अभावले लिन नसकिएको उनकी दिदी सीताले बताइन् ।

यतिबेला पुष्पाको अवस्था निकै नै गम्भीर रहेको चिकित्सकले बताएका छन । पुष्पालाई काठमाडौं लिँदा अक्सिजनको सहायताबाट मात्र एम्बुलेन्समा लिन सकिने चिकित्सकको भनाइ छ ।

 
 
  
 

You may also like