सरकारले लामखुट्टे पनि मार्न सकेन: पौडेल

by समतल अनलाइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसकेको टिप्पणी गरेका छन् । डेंगु प्रभावित बिरामीले अस्पतालहरु भरीभराऊ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको उनको आरोप थियो ।

डेंगुको यत्रो प्रकोप फैलिएको छ हस्पिटलहरु भरिन थालिसके,’ नेता पौडेलले भने, ‘सरकारलाई काम गर्ने मेसो नै छैन ।’

कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा बोल्दै नेता पौडेलले सरकार काण्डै काण्डमा फसेको बताए । एनसेल काण्ड होस् या, वाइडबडी काण्ड होस् सरकार काण्डहरुमा फसेको उनको भनाइ थियो ।

अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको नेता पौडेलको आरोप छ । ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ पौडेलले भने, ‘यत्रो भ्रष्टाचार भइ रहँदा अख्तियार के हेरेर बसिरहेको छ रु अदालत के हेरेर बसिरहेको छ रु’

एनसेल काण्डको फैसलामा अदालत पनि प्रभावमा परेको देखिएको उनको भनाइ थियो । सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम गरेको बताउँदै नेता पौडेलले अब जनतालाई न्याय दिलाउने काम कांग्रेसले गर्ने बताए ।

‘कांग्रेस नै कम्युनिस्ट शासनको विकल्प हो,’ पौडेलले भने, ‘निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय अब कांग्रेसले नै दिलाउँछ ।’

 
 
  
 

You may also like