लैङ्गिकताका सवालमा महिला सांसदहरु एकजुट हुनुपर्छ : उप–सभामुख थारु

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का उप–सभामुख कृष्णी थारुले लैङ्गिकताका सवालमा महिला सांसदहरुले एकजुट भएर आवाज उठाउनु पर्नेमा जोड दिएकी छन् ।

मंगलबार बुटवलमा प्रदेशसभाका महिला सदस्यहरुकालागि आयोजित लैङ्गिकताका सवालमा संसदीय निगरानी बिषयक कार्यशाला गोष्ठिको उद्घाटन गर्दै उप–सभामुख थारुले लैङ्गिकताका सवालमा महिला सांसदहरुले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएकी हुन् ।

प्रदेश नं ५ को प्रदेशसभाका महिला सदस्यहरु बिगतको तुलनामा संसदमा आफ्ना कुरा राख्ने क्षमतामा बृद्धि हुँदै गएको भन्दै उनले आगामि दिनमा महिला प्रदेशसभा सदस्यहरुले आफ्नो भूमिकालाई अझै ससक्त बनाउदै लैजानुपर्ने आवस्यकता औल्याइन् । अरुले बनाइदिएको बाटो क्षणिक हुने भन्दै उप–सभामुख थारुले आफै बनाएको बाटो दिर्घकालीन हुने बिचार व्यक्त गरिन् ।

अरुलाई परिवर्तन गराउछु भन्नेहरुको जमात ठुलो भएको भन्दै उनले अरुलाई परिवर्तन गराउछु भन्नेहरु पहिला आफु परिवर्तन हुनुपर्नेमा जोड दिइन् । कार्यशाला उद्घाटनमा प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेल,पत्रकार अमृता अनमोल लगायतले लैङ्गिकताका सवालमा महिला सांसदहरुको भूमिकाको बारेमा आ आफ्नो भनाई राखेका थिए ।

मेडिया हाउस काठमाण्डौंको आयोजनामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा अधिवक्ता रेवतीरमण भण्डारी, पत्रकार तथा लैङ्गिक सवालकी अभियन्ता बबिता बस्नेत,सकारात्मक सोँचका प्रशिक्षक रुपेन्द्र महर्जनले सहजिकरण गरेका थिए ।

 
 
  
 

You may also like