कोरोना गाउँ घरमा डडेँलो झै बढ्ने हुँदा त्यस बारेमा ध्यान दिनु पर्छ कि ?

by समतल अनलाइन

मेरो घर कर्णाली प्रदेशको मुगु जिल्ला हो।म चितवनमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा Bsc.Ag अध्ययन गर्दै छु । म नेपाल बिद्यार्थी संघमा आबद्ध विद्यार्थी हुँ‌ तर विगत ५ महिनादेखि म लकडाउनले गर्दा बुटवल छु। मेरो पठनपाठन पुरै शुन्य अवस्थामा छ। त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेता पनि मलाई मेरो घर परिवारको डर तथा समाजमा कोरोनाको हलाले निद्रा तथा खाना खसन मन लाग्दैन।मेरो दाई, बुबा तथा परिवार मुगुमा रहेको छ। त्यहाँ आज भोलि दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ।जुन ठाउँ काठमाडौं तथा विकास निर्माणका कार्यबाट टाढा रहेको छ। स्वास्थ्य सुविधाबाट तेहाँका जनता बन्चित छन।गतिलो जिल्लामा अस्पताल छैन।

अझै अहिले यस्तो कोरोनाले चुनौती दिई रहदाँ पनि त्यहाँ प्रदेश सरकार, स्थानिय सरकारले गम्भीर रुप नलिई सामान्य रुप लिई कुनै आपत्कालीन काम गर्ने समय हुँदा हुँदै पनि गरेको देखिदैन। सबै आफ्नो दुनो सोझाउने र हाम्रो स्वास्थ्य लाई ध्यान दिएका छन् तर जनता भने रोग,भोकले मृत्युको मुखमा पुगेका छन्। मेरो परिवारमा बुबा आमा बृद्ध हुनुहुन्छ।यदि उहाँहरु कोरोना लागिहाले पनि उपचार गर्ने गतिलो अस्पताल छैन। जिल्ला अस्पताल पुग्न १ दिन लाग्छ।आज नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको लापरबाही तथा कुर्सीको लागि राजनितिक गर्दा मेरो परिवार तथा सम्पुर्ण नेपाली बासि नै संकटमा मुखमा पुगेका छन। छिमेकी देश जस्तो कि अवस्था गाउँमा देखिन थालेपछि विकट पहाडी जिल्लाका जनता “वनको बाघले खाहोस् नखाहोस् तर मनको बाघले खाने “अवस्थामा छन।

कोरोना भाइरसका कारणले सृजित समस्याले विश्वलाई प्रभावित पार्नुका साथै मानव जातिलाई नै गम्भीर संकटमा पारेको छ। लाखौं मानिसहरूको ज्यान जानुका साथै करौडौं मानिसहरू संक्रमित भएका छन्। विश्वको अर्थतन्त्रलाई नै तहसनहस बनाएको छभने सिंगो मानब जगतलाई नै अकल्पनीय समस्याले फसाएको छ।यो महामारीबाट नेपाल पनि अछुतो छैन नेपालमा कोरोना भाइरस दिनप्रतिदिन बढिरहेको छ।कोरोना सहर देखि गाउँ गाउँमा उग्र रुप डडेँलोको रुप लिई तहसनहस पारेको छ। आजका मितिसम्म विश्वमा २,३८,१८,५०० जना संक्रमित भएका छन् भने १,६३,६३,१९२ जना कोरोनालाई जिति घर फर्कन सफल भएका छन्। जसमा संक्रमितका हिसाबले अमेरिका प्रथम, ब्राजिल दोस्रो, भारत तेस्रो ,रसिया चौथो धेरै संक्रमित हुने मुलुक हुन्।विश्वमा संक्रमित संख्या मध्ये ९९% स्वास्थ्य अवस्था सामान्य छ भने १% अवस्था गम्भीर रहेको छ। जसमा अहिलेको अवस्था सम्म कोरोना रोग लागेका करीब ५% को निधन तथा ९५% ले रोगलाई जितेर घर फर्कन सफल भएका छन्। नेपालको अवस्था हेर्दा आजका मितिसम्म कुल ३३ हजार भन्दा बढि संक्रमित रहेका छन्।जसमा १६४ जनाको मृत्यु हुनुका साथै १८,८०६ जना कोरोना मुक्त हुन सफल भएका छन्।कोरोना भाईरस नेपालको सहरी क्षेत्रमा ठुलो रुप लिईरहेको बेला गाउँमा पनि उग्र रुप लिन थालेको छ।कोरोना भाईरसका कारण नेपाल करीब ५ महिना देखि लकडाउन भएको अवस्था छ।नेपाल सरकार कुर्सी तथा पदका लागि लड्ने जनतालाई भने बिरोध नगर्न लकडाउनका कारण बिहान बेलुका काम गरी आफ्नो पेट भर्ने लाखौं नेपाली भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।

लाखौं बिद्यार्थीको पठनपाठनमा अवरोध भई बिद्यार्थीको भविष्य चौपटमा परेको अवस्थामा नेकपा पाटि द्धारा सञ्चालित दुई तिहाईको नेपाल सरकार कुर्सिका लागि पाटिमा दिनदिनै सरकार तथा सरकारका मन्त्री राजनितिक पद तथा पाटि जोगाउन झगडा नै झगडा गरिरहेका छन। जुन साह्रै लाजमर्दो तथा दुःखद कुरा हो। खासै जनताको लागि तथा कोरोना लाई कम गर्न तथा जनता जोगाउन लागि परेको देखिन्न तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आगामी दिनमा फागुनमा हुन गईरहेको पाटि महाधिवेशनका लागि एक आपसमा झगडा गरी सरकारका नराम्रा कामको खबरदारी तथा सुझाब खासै प्रभावकारी रुपमा गरेको देखिदैन। नेपालका प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफ तथा माननीय स्वास्थ्य मन्त्रि भानुभक्त ढकालको घमण्डीले गर्दा आज ३ करोड जनता त्रासमा बाँच्न बाध्य भएका छन्।केपि ओलि सरकारले भ्रष्टचारी र बलत्कारी काँधमा बोकि हिडेको देखिएको छ। नेपाल सरकारले यस्तो राम्रो कोरोनाबाट न्युनिकरण गर्न समय पाउँदा पाउँदै पनि ठूलो लापरबाहीले कोरोना सहर देखि गाउँसम्म डढेँलो झै सल्केको छ।

नेपाल बिद्यार्थी संघले पनि हरेक काल खण्डमा बिद्यार्थी तथा नेपाली जनताको हक हितमा कसम गर्दै आएको छ। सरकारलाई यस अघि नै कोरोनालौ ठुलो रुप लिने हुँदा समुमा नै सम्यमित हुन आग्रह गर्दा गर्दै पनि अोलिको घमण्ड तथा अहंकारले आज यो अवस्थामा प्रवेश गरेका छौ।आजसम्म देशका करओब ४८ भन्दा बढो जिल्ला पुर्ण रुपमा निषेध आज्ञा जारी गरिएको छ।सबै जिल्लामा उत्तिकै त्रास भएको छ। नेपालका प्रमुख सहर काठमाडौं, बुटवल, विराटनगर, बिरगंज नेपालगञ्ज, भरतपुर,पोखरा जस्ता थुप्रै सहरमा समुदाय स्तरमा नै कोरोना देखिई खतरा मोल्न बाध्य भएका छन्।अब नेपाल सरकारले हावादारी तथा कुर्सीका नलिढि महामारीबाट बच्न पाटि तथा अन्य सम्पूर्ण पाटिहरु मिलि सम्पुर्ण पाटिका बिज्ञ टोलि बनाएर कोरोनाबाट बच्न तुरुन्त समुदाय स्तरमा PCR टेष्टको दायरा बढाई कन्याक्ट ट्रेसिङ्गका आधारमा संक्रमणले उग्र रुप लिएको ठाउँमा प्रत्येक घर घरमा केहि नभएपनि १ जनाको दरले प्रथम चरणमा टेष्ट गर्नुका साथै कोबिड-१९ को औषधि प्रयोगमा नआउँदा सम्मका लागि सम्पूर्ण गरीब जनतालाई बिहान बेलुका छाक टार्ने जिम्मा सरकारले लिनुपर्छ। प्रदेश तथा स्थानीय सरकारले पनि यो विषयमा बढि ध्यान दिनुपर्छ।

मेरो घर पनि दुर्गम कर्णाली प्रदेशको मुगु जिल्ला हो। पहिला पहिला नि भारतबाट काम गरी आएका नागरिकमा देखिएता पनि अहिले कर्णलिका धेरै जिल्लामा दिनप्रतिदिन समुदाय स्तरमा बढिरहेको छ। गाउँमा अधिकांस मानिसहरू आत्तिएका छन् कोरोना रोगको कारणले गर्दा। त्यहाँका अधिकांश नागरिक अनपढ भएका कारण कोरोना लागेपछि मान्छे ने्छ भन्ने गलत बुझाईले मनमा नचाहिने तनाब लिई आत्मबल खस्काउने काम भएको छ तसर्थ स्थानीय सरकार तथा प्रदेश सरकारले दुर्गम जिल्लामा सत्य सुचना तथा सचेतना मुलक कार्ययोजना तुरुन्त ल्याउन जरुरी छ। साथै यो वर्ष निनियोजित बजेट विकास निर्माणका कार्य भन्दा पनि कोरोनाबाट कसरी निर्मुल पार्ने तथा जनतालाई भोकमरीबाट बचाउने तिर लाग्न जरुरी छ। सम्पुर्ण जनता पनो सुरक्षित तथा सजग भई नेपाल सरकारले दिएको निर्देशनको पालना गरी एक सच्चा नेपाली नागरिकको भुमिका निभाउनु पर्छ। तसर्थ म अन्तिममा नेपाल सरकारलाई के सुझाब दिन चाहन्छु भने हालसम्म यत्रो ५ महिनामा ६ लाख मात्र PCR टेष्ट गरेको छ तर आगामी दिनहरुमा त्यसको ४-५ गुणा टेष्ट बढाउने उपाय अवलम्बन गर्नुपर्छ। प्रत्येक गाउँपालिका तथा नगरपालिकामा टेष्टको सुबिधा तथा रोग लागेपछि उपचार गर्ने भेन्टिलेटर ५-६ गुणा बृद्धि गर्न आग्रह गर्दछु।त्यसै गरी एक घर एक टेष्ट गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछु। साथै दुर्गम जिल्लाहरुमा अहिलेको काठमाडौं जस्तै खतरा हुने हुदाँ समयमै सम्यमित भई सजग तथा सावधानी हुने उपायहरु प्रत्येक स्थानीय सरकारले सोच्न आग्रह गर्दै सम्पुर्ण विकट पहाडी जिल्लामा रहनुभएका तथा सहरी क्षेत्रमा रहनु भएका समस्त नेपाली महानुभावहरुमावआफु, आफ्नो परिवार तथा क्षेत्रमा रहेका सम्पुर्ण नागरिकलाई बचाउने तपाईहरुको हात भएको हुँदा महामारीमा कसरी देश कसरी बचाउने भन्ने जिम्मा नेपाल सरकारले नलिएपनि तपाई हामीले जिम्मा लिनुपर्छ भन्दै घरमा नै महामारी भरी #Stay Safe & Alerts रहन सम्पुर्णलाई आग्रह गर्दछु।

 
 
  
 

You may also like