बारामा थप दुई कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बारा ।बारामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नारायणी अस्पताल वीरगंजका डाक्टर उदय नारायण सिंहले बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको खबरहबलाई बताए ।

डा सिंहका अनुसार बाराको पर्सुरामपुर– ४ का ७४ वर्षका एक पुरुषको मंगलबार बिहान ९ बजे उपचारको क्रममा मृत्युभएको हो ।ती पुरुष कोरोना पोजेटिभ भए पनि होम आइसोलेसनमा रहेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार गण्डक कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

उनको आज बिहान ६ बजे मृत्युभएको डा सिंहको भनाइ छ ।यस्तै अर्का मृतक संक्रमित महागढीमाई–४ का ५९ वर्षका पुरुष हुन् । उनको पनि आज बिहान १० बजे मृत्युभएको डा सिंहको भनाइ छ ।

यी दुवै संक्रमितको आज बिहान मृत्युभए पनि स्वास्थ्य मन्त्रालयको आजको नियमित लाइभ अपडेटमा भने अध्यावधिक गरेको छैन ।

 
 
  
 

You may also like