किन सधैं अपमानित् हुन्छन् ति सर्वलोकका पुजारीहरु ?

by समतल अनलाइन

सेतो बर्दीका राता सिपाहीहरु को हुन्  ?
के सेतोबर्दिका रातासिपाहीहरुलेपनि सुरक्ष्यागार्ड र पेस्तोल बोकेर ड्युटी गर्नुपर्नेहो ?

  • लालमणि भुसाल “अविलासी “

सेतो वर्दीका राता आर्मीहरु ब्रह्माण्डको प्राणरक्षक हुन्। हिंजो पनि थिए तिनै। आज पनि हुन् तिनै । र सदासर्वदाकोलागि हुनेपनि उनीनै हुन्। जुन सेतो बर्दीमा खट्नशक्दछन्। खटीई रहेका छन् ।
मानवता, प्राणि जगत अनि ब्रह्माण्डलोकलाई बचाउने मात्र उनको धेयहुन्छ। उनिहरु आर्मीनै हुन् । उनको पनि आफ्नै वर्दी हुन्छ।जुन वर्दी कमैले बुझ्दछन्। बुझ्नेकोलागि र सत्य यथार्थवादीकोलागि त्यो प्राणरक्ष्यक आर्मीको लोगो वा हतियार हो।सबैखालको मानव र समग्र प्राणि जगत अनि ब्रह्माण्ड रक्ष्यककोलोगो हो। लोगो अनुसारको बुझाई हुनाले उनिहरुसंग कुनै छलकपट जालझेल हुँदैन। हो ।त्यसैले उनीहरु सदा सर्वदा सेतो वर्दीमा निर्धक्क हुन्छन्। हुनुनै पर्दछ। त्यो उनीहरुको पेशागत मात्र होइन ब्रह्माण्डगत धर्म हो। त्यो सत्यलाई नबुझ्नेहरू सदाका र सबैका निरिह हुन्। ति जो हुन् ति पशुभन्दा तलका त हुन् हुन् तिनीहरुको मानवतामा कतै नाम आउनेछैन। तर तिनै निक्रिस्ट जल्लादहरु जो तेही सेतो वर्दीधारी राता सैनिकको सामु उनैको सरणमा जाने अनि उनैको माथ, गाथ, सम्मान मात्र होइन ज्यान सम्म हरण गर्ने काम गर्न खोज्दछन्। तर त्यो किमार्थ स्वीकार्य हुन सक्दैसक्दैन।जहाँ तेस्ता निक्रिस्ट कर्म उदाउँछ त्यहाँराज्य उदाङ्गो हुनु लाजको कुराहो। जसलेगर्दा सुरुदेखिनै अङ्कुराएको मानवता, प्राणता,जीव-जिवता- विश्वता र ब्रहमाण्डताकोरक्ष्यार्थ उहाँहरु खटिईरहेको हुनुहुन्छ तेश्मा ठूलो दागलाग्दछ। हामीले उहाँहरु सबैलाई निस्वार्थ आत्माले सम्मान गर्नु कुनै पाप हुन्न। बरु धर्म र सत्कर्म विज्ञान र विवेक संग जोडिएर ब्रह्माण्डको सुरुवात देखि समग्रताको एकता र प्राण रक्ष्यार्थ खटीई रहनु भएको छ तेस्कोलागि सम्मान दिनु असोभनिय किन हुनसक्दछ र ?
जसरि हामीले आफ्नो जन्म दिने बाउ-आमा र जगत: सर्व ब्रह्माण्ड रक्ष्यक भगवान श्री पशुपतिनाथलाई हाम्रो बैधिककाल देखिका सनातनगुरुदेव मानेका छौं र सदा सर्वदा मान्नेछौं। त्यस्तै उहाँहरु ( सेतो बर्दीधारिहरु जो आफ्नो प्राण त्यागेर सर्वप्राणिको रक्ष्यामा लाग्नुभएकोछ ) सबै भगवान हो। भन्न किन डराउने ??? गर्व नरहेपनि स्वास्थ्य कर्मिको सल्लाह : गर्व रहेपछि पनि उनकै निगरानी ,जन्मनेबेला उनकै शरण, जीवनभर उनकै आधार र निगरानी मर्निबेला उनकैशरण अनि तिनैमाथि घात- -लात- अशुरक्ष्या भार र मार!!!???कसरि र किन छेम्य हुन शास्क्दछ ??
हामी जो बोल्दैछौं एकहिसाबले संसारका न्युनतम जीवनयापन गरिरहेका आम गरिव र मद्ध्यम वर्गको आवाज हो। तर यो आवाज संसारका लागि सिक्ष्याको नमुना र सत्ताले बुझ्नेसंस्कार अवस्यहो। हामी जुन आवाज उठाउँदछौं त्यो सर्वलोकको सर्वमान्य आवाज भएकोछ। हुन्छ। र सदा हुनेनैछ। तेसैले संसारका मध्यम वर्ग हौँ जसले सबै कुरा बुझ्दछ। र संसारमा सबैखालाको चेतना तल देखि माथि सम्म उठाउन सक्दछ। यो वर्ग आफु भोकैहिनेर संसार परिवर्तनकोलागि खड्छ।सन्तान भोकैराखेर पनि सत्ता धुलिमुली तहसनहस वा उथल पुथल पार्न सक्ने वर्ग हो यो । त्यसैले संसारका कुनै मैहुँ भन्नेले पनि यो वर्ग संग खेलवाडनगरोस। र यो वर्ग निरिह वर्ग कसैले कदापि नासोचोस।
के हामीलाई थाहा छैन ? संसारमा मेरो मात्र राज हुनु पर्दछ भन्ने प्रतेक धोम्सकारी राजनेताले (जस्तो सिकन्दर महान् ,कोलम्बस,हिटलर,मुसोलिनी देखि) सबै संसारमा एक्लै राज्य गर्छु एक्लै सबै जमाउँछु भन्ने तिनी हरुको पनि त अन्तिम विकल्पका आर्मी सेतोबर्दिधारिनै थीए। सत्ताकव्जा गर्दापनि उहाँहरुको वा उनको स्वार्थको लागि वा आफन्त र उनकैलागि लडेका सैनिक सबैखाले सत्ताधारीको र आफन्तको लागि तिनै सेतो वर्दीधारी खटेको आजका राजनेताले किन भुल्दछ्न् !!!??? इनिहरुले मानवता र इज्जत नैतिकधर्म र कर्म त भुले भुले नितान्त सवै ठाउँमा आफ्नै नैतिक जिम्मेवारी र नैतिकताकोलागि प्राण रक्ष्यार्थ खटिने ई सेतो वर्दीधारी राता सिपाहीलाईप्रयोग गरेको पनि भुले।
हामि धेरै बुझेर भित्टोप्रयोगगरेर भन्दछौं :– ति सेतो वर्दीधारी राता सैनिकहरुलाई कसैले अवमुल्यन नगरोस। हामीले सबै बुझेका छौं। हाम्रा बिश्वो बिजेता प्राणरक्ष्यकहरुमाथि धेरै ठाउँमा अपमान भएको छ । हामी कुनै हालतमा यस्ता हर्कत सहन सक्दैनौं। अनेक लाञ्छना र हरेकबहानामा फ़साइन्दैछ। ठाउँ ठाउँमा गल्लीगल्लीमा अपमान ?? इनै स्वेत आर्मिहरुलाई???। मानवताको प्रणरक्ष्यक सेतोबर्दिका राता आर्मीहरुलाई !!?? । यो मानवता प्राणिजगत र विश्व ब्रह्माण्डलोकको बिरुद्ध हो। प्राण रक्ष्यार्थ कर्मबोध बुझेर ईज्जतको लागि कतिले अनाखमा ज्यान गुमाए कसैलेलेखाजोखा राखेको छ यो देशमा?? के उनीहरुकोलागि राज्यले कुनै विशेष नमुना कोष उत्शाह सम्मान पदवी भयास्यको लागि ठूलो र जिम्मेवार कदम चाल्न सक्दैन ??? के नेपालमा पैसा नभएर हो ???
अव सवै प्राणिजगत र सारा ब्रह्माण्डको कल्याणकोलागि प्रतेक नागरिक डाक्टर बनेर र डा.को महत्व बुझेर उठ्नु पर्दछ। सम्मान र सहिष्णुता अनि सहयोग र एकतासहितको भाइचारा सर्वलोकको अनिवार्यता हो। यो सत्य थियॊ र अवत नबुझेकाले पनि बुझ्नै अनिवार्य छ। मानव जीवन र समग्र प्राणि जगत अनि ब्रह्माण्डको इज्जत सोतह सिद्ध भएको छ तिनै सेतो वर्दीधारी राता सिपाहीजगतका मानव वाट।
बुझ्नै पर्ने कुरा कमैले मात्र बुझे। जुन,बैधिककाल, पुरातन काल र आज अनि भोलिको सवैखाले सर्व जीव र सर्व ब्रह्माण्ड कालमा सदैका प्राण रक्ष्यक सेतो बर्दिका राता सिपाही नै हुन् भन्ने कमैले बुझे र सम्मान थोरै अपमान धेरै गरे। कसैले केहि सानो सोंचले थोरै काम गरे र निहित मान्छेलाई मात्र खुसि र उसको प्रिक्ष्यपोषण गरे। अनि सोचेहोलान् अवको सबै समस्या समाधान हुन्छ। तेस्तो सोच्नु त सूर्यलाई हत्केलाले छोपे जस्तै र राजालाई मुक्कादेखाएँ हाए… बुडी भनेर स्वास्नी संग गफ लगाउनु र नबुझ्नी मान्छेबाट फाइदा उठाउनु बराबर हो। त्यस्ता मान्छे इतिहासका सबैभन्दा नीच र निक्रिस्ट हुन्। र उनिहरु केवल आफु हिरो बन्नु मात्र हो। किनकि सबैको प्रयासविना कुनै समस्या समाधान हुन सधैव गाह्रो थियो र छ पनि। झन् झन् हुनेनै छ।
हामीले धेरै बुझेर सोंचेर नागरिक सजग भएर मात्र समाज, समुदाय देश र विश्व ब्रह्माण्डलाई हाँक्न शक्दछौँ। सबैको कर्म र धर्मको ईज्जत एक न एक ठाउमा त हुन्छ हुन्छ। तेस्मा पनि आर्मीको बढीनै हुन्छ। तेस्मापनि सेतो वर्दीधारी राता सैनिक ……..!!!!!!! मानौ हाम्रो वा कुनै पनि देशको सत्ताप्रमुख राजनीतिमा माहिर हुनुहुन्छ। तर उहाँ पेट दुख्दा:टाउको दुख्दा वा मौशम अनुसारको दीसा पातलो आएपनि उहाँले आफ्नो उपचार गर्न डाक्टरकोमा जानुहुन्छ।”सर्व सत्य केहो भने राजनीतिक नेतृत्वले केवल थोरैको कल्याण गर्दछ। तै पनि यदि त्यो सहि भएमा मात्र। तर जव जव राजनीतिक नेतृत्व पनि जथावावी पर्तिस्पर्द्धामा र लेनदेनमा डूबदछ तेस्तोले जहिले पनि मानवता,लोक र ब्रह्माण्डको थोरै मात्र पनि कल्याण गर्न शक्दैन । कल्याण गर्दछ तेस्तै केवल निक्रिस्ट र दर्शन विनाका झुण्डहरुको मात्र” तेस्तो बेलामा पनि आउन पर्दछ
” सेतो गाडी अनि सेतो बर्दिका राता सिपाहीहरु मानवता, प्राणि र ब्रह्माण्ड रक्ष्यक सैनिकहरु जुन गोलि बारुद बम्ब पेस्तोल बिना।थोरै। तर विशेष। उनीहरुको कर्म हुन्छ मानव क्रोंधनमा जीवन बचाउने वाचा। समग्र प्राणीको रक्ष्या र ब्रह्माण्डको सुरक्ष्या को लागि कशम ।

आज संसारमा त्यो सर्वलोक मेरो भन्नेहरू धेरैकॊत इतिहासै छैन।थोरै नाम लिंदा पनि संसारमा सबैले थुक्दछन्।किनकि राजनीति यति घिर्णितभैसक्यो आजका शंततिलेसुन्न पनि चाहन्नन्। आजको दिन हाम्रो देशको लागि त्यहि पनि पुरानो संस्कार जस्तो त होइन। तरपनि आधुनिक जीवनमा राजनीतिभनेको मानवता र सहिष्णुता भन्दा टोटल्ली फरक धारमा बहेको छ।मानौ उनीहरु अल्ली माथि छन् जहाँ मानवता र सर्वलोकको प्राण रक्ष्या हुन्छभन्ने उनीहरुलाई साहेद थाहा छैन। तर ति धनभोगीहरु,उनकोलागि साहित्य र धर्मको हिसावमा त्यो केहि नभए पनि चल्दछ। जीवन र भविस्य उनीहरुकालागि केहिहोइन। उनको हिसावमा मानौं कोहि प्रबुद्द वर्ग नभएपनि चल्छ।
तेस्ता अपुष्ट र लोजिक विनाका अन्दोभक्तहरु र तिनी हरुको एउटा पनि भविस्यमा कामलाग्ने तुक र दर्शन छैन। मुडेपेलपेल र संयोगले हिरोबनेका संसारका मैहुँ भन्ने सम्राटहरु इतिहासमा उनकै शन्ततिलेपनि सराद्ध्य गर्ने छैनन्। स्मरण रहोस सिकन्दर महान, कोलोम्बस ,मुसोलिनी ,हिटलर, जार ,मन्चु, नेपालको जंगबहादुर,, कसका सन्ततिले आज टाउको उठाएर पुस्ताको नाममा खरानी बेच्न सके । ?? इतिहासले सबैलाई परिक्ष्या गर्छ र सबै सन्ततिलाई छानी छानी माथि र तल पार्छ। हामीले हेरि रहेकैछौँ। बरु हाम्रासन्ततिलाई धेरै सिकाउँ। आज छौं नि। कसले के कर्म गर्दैछ। आज हावामा बन्दुक चलाएर रातिमा धान झाटने तेइ पनि अरुको दिउसमा कालो चस्मा लगाएर हिरो बनेर तरुनी पट्त्याउनजाने जमाना बुझेका हरुले तेस्तै झुण्ड लाई बचाउन र पृष्टपोषण गर्न चाहान्छन्। (सीतको आयु घाम नलाग्दासम्म)
“आफ्नो निक्रिस्ट झुण्ड आज हावी हुँदा हुँदै पनि तिनीहरु हरेक ठाउँमा निरिहनै बनेका छन्।र बन्नेछन्। आज समय क्रमले उनिहरुसंग सबै खालको हतियार छ। जनमत वा जव्वरजस्तको शक्ति र सत्तापनिछ। तर!!! उनीहरु सत्यको लागि सदा निरिह र मानवता र प्राणी जगत अनि ब्रह्माण्ड लोकका सर्व सत्तुर हौँ भन्ने बुझेकै छन्। र नब्युझेको भए बुझ्ने छन् । तर त्यो समय उनीहरुकोलागि धेरै ढिलो हुनेछ”। बाटो बिराएर र संगत छोडेर हिनेको अनि गलतमा पाइला चालेको र नसुद्ध्रिएको त्यो जो कोइ पनि ब्रह्माण्डको नामै नलिनी सत्तुर हो।। जसले आफुलाईमात्र होइन आफ्ना अन्दोभक्त सबैलाई सतिमोरा बनाउँछ। एस्तो बेलामा एक हिसाबले संसार नै कोमाहामा परेको बेलामा पनि मानावाता जनमत र इज्जत अनि पार्टी पद्धति नियम कानुन जनमत सवै लाईधोत्ति लगाउनेहरु संसारबाट औफुले धोति पनि नलगाई नाङ्गेर जानेछन् चाहे ति जुन देश र जुन वर्गका राजा महाराजा होउन्। जनता र सन्ततिले एक एक हिसाव राख्नेछ। ढुङ्ग्रो भित्र मुखराखेर चिच्याउन्दैमा कोहि बाघ हुँदैन। छक्क्याउन र झुक्क्याउन जे र जसो गरेपनि हुन्छ। सबैले बुझ्ने सत्यहो यो। लंका जित्ने हनुमान जसपाउने ढेंडु यी सबैकुरा नेपालि र विश्वको जनताले सबैलाई नजर लगाएका होलान्। तेसै अनुसारको निर्णयपनि होला। समय आउँदा संसारका मैहुँ भन्ने वादशासाहहरुले जनताको जनमतको झापट बाट भोगेका छन् र अझै पनि भोग्नेछन्। उनका निक्रिस्ट झुण्ड हरुले पनि बुझ्नेछन्। मानवता, धर्म, कर्म, लोक, ईज्जत,र खासैमा जनमत केहो अनि परिवर्तनकोजग र यथार्थताको पहिचान कसरि सुरुभयो। आज भोलि र पछि के हो सबै बुझ्नेछन्। उनीहरुले नबुझे संसारले उनीहरुका सन्ततिलाई र उनका झुण्डहरुलाई बुझाउनेछ। बल्ल झन् सुसोभित र परिस्कृत भएर उठ्नेछन् हाम्रा अनि संसारका छोराछोरीहरु। तब हुनेछ सबैभन्दा सम्मान सेतोबर्दीधारी राता सैनिकहरुको। सवैखाले स्वास्थ्यकर्मी,ड्राइभर ( पाइलट देखि साइकल), सिक्ष्यक, सुरक्ष्या कर्मी, पत्रकार, राजनीतिमा त्यागगर्ने कार्यकर्ता कुलपितृ जस्तै ठूला हुन् बुझ्नेका लागि। नबुझ्नेले कसैको पनि उपहाश गर्न सक्दछ। हामी तेस्तो निक्रिस्ट सोंच बाट उठ्न सक्यौं भने मात्र प्राण जगत र ब्रह्माण्ड रक्ष्यक सेतो बर्दिधारी राता सैनिक माथि सम्मान गरेको ठहर हुनेछ।

 
 
  
 

You may also like