रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। देवदह नगरपालिका ३ शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिए।

उनका अनुसार ती पुरुषको पीसीआर रिपोर्ट बुधबार मात्रै आएको थियो। पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी उनी केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए। कलेजले उनलाई घर पठाएपछि उनी देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो।

स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक बन्दै गएर निधन भएको कलेजलाई उदृत गर्दै बञ्जाडेले बताए। उनको निधनपछि कलेजलाई शिल गरिएको छ भने उपचारमा संलग्न भएकाहरुलाई सेल्फ आइसोलेशनमा राखिएको छ।

उनीहरुको भोलि शुक्रबार कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने र परिवारको पनि पीसीआर गर्ने उनले बताए। अहिले शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको छ।मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेनासँग समन्वय भइरहेको बञ्जाडेले बताए।लुम्बिनी टाइम्सबाट 

 
 
  
 

You may also like