काेभिडकाे लडाइमा ग्रिन सिटीकाे अभियान “तपाईकाे मास्क खाेई ?

by समतल अनलाइन

भैरहवा। पछिल्लाे समय समुदायमा काेराेना संक्रमण बढिरहेकाे बेला लायन्स क्लब अफ भैरहवा ग्रिन सिटिले भैरहवाकाे टाेलटाेलमा तपाईकाे मास्क खै भन्ने ब्यानर लगाउन थालेकाे छ । ग्रिनसिटिले सर्वसाधरणलाई सचेत गराउने गरि मास्क लगाउनु अनिवार्य भएकाे भन्दै गरेकाे ब्यानरिङ अति नै महत्वपुर्ण रहेकाे लायन्स क्लब अफ ३२५ बिटू का स्ट्राटेजिक चिफ नवराज न्याैपानेले बताए । 

ग्रिनसिटिका अध्यक्ष शिबनाथ गुप्ताले लकडाउन भएता पनि मान्छेहरु साझ र बिहानपख मास्क नलगाई बाटाे र चाैकतिर हुल बाधेर हिडिरहेकाे बेला उनिहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएकाे बताए । उनले भने “हामी सेवा गर्छाै भन्ने मूल उद्श्यका साथ स्थापित लायन्स कल्ब अफ भैरहवा ग्रिनसिटिले काेराेना महामारिकाे बेला समुदायमा काेराेनाबाट बच्ने सचेतनामुलक कार्यक्रम अन्तरगत ब्यानरिङ गरिएकाे हाे” । 

भैरहवाकाे अन्चलपुर, ब्रमेलिटाेल, लुम्बिनी राेड, मिलनचाैक, मेउडिहवा मेडिकल कलेज , अाखा अस्पताल , देवकाेटा चाैक , जनकपथ , एअरपोर्ट, बसपार्क , बेलहिया जस्ता अलि भिडभाड हुने ३० ठाउँ छनाैट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएकाे क्लबका तृतिय उपाध्यक्ष मनाेज क्षेत्रिले बताए ।

दिनानुदिन काेराेना संक्रमितकाे दर बढ्नुकाे मुल कारण हेलचेक्राईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाईजर प्रयाेग नगर्ने र सामाजिक दुरि कायम नगर्नु भएकाे जनस्वास्थयकाे पनि निश्कर्ष भएकाेले सरकारि अभियानमा हामिले हातेमालाे गर्ने काेशिस गरेकाे क्लबका सदस्य कमल रायमाझिले बताए । उनले भने,”‘काेभिडकाे लडाइमा ग्रिन सिटीकाे अभियान । बस्ती बस्तीमा पुराउ सचेतनाकाे ज्ञान । भन्ने नाराका साथ ग्रिनसिटिले अभियान थालेकाे छ ।” 

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटि केही दिन अगाडि क्यान्सर पिडित मनाेज गिरिलाई ५१ हजार अार्थिक सहयाेग गर्दै स्थापना भएकाे हाे । ५३ सदस्य रहेकाे उक्त क्लबले काेभिड १९ काे न्युनिकरणमा स्थानिय सरकार, प्रदेश सरकार, जिल्ला संकट ब्यवस्थापन समितिसंग सहकार्य गरेर काम गर्ने तयारि गरेकाे क्लबका प्रथम उपाध्यक्ष गाेबिन्द प्रसाद गिरिले बताए ।

 
 
  
 

You may also like