मास्क किन लगाउदैनन् ? एकछिन सोच्ने कि !

by समतल अनलाइन
  • टेकराज पन्थी

अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो । तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा त्यस्तो मास्कको प्रयोग भएको थियो।

सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन । धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ । त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन्। त्यसैले गुणस्तरीय मास्क लगाउनु जरूरी हुन्छ ।

तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन् । न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन् । कोभिड९१९ को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् । घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पु¥याउने जनस्वास्थ्यविद्हरूको मत छ । तर मास्कको प्रयोग देखि त्यो निकाल्दा सम्म उचित तरिका अपनाउन सकिएन भने मास्कको प्रयोग अर्थहीन ठानिन्छ । मानिसले अनुहार छुने समयमा उचित सावधानी अपनाउनु पर्दछ । मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेको छ। अहिले कोभिड, १९ को महामारीको सङ्क्रमणको अवस्थालाई हेर्ने हो भने सुरुका दिनमा मास्क लगाउन त्यति ध्यान दिन सकिएन, तर अहिले मास्क अत्यावश्यकीय साधन बनेको देखिएको छ । मास्कले थुकका छिटाहरूबाट हुन सक्ने सङ्क्रमणको जोखिमलाइ कम गराउँछ । बजारमा सामान्य कपडाबाट तयार गरिएका देखि गुणस्तरीयसम्म तीनथरी मास्क पाइन्छन् । बजारका पाइने कपडाबाट बनाइएका मास्क प्रयोग गर्न हुदैन । किनभने त्यसले सास फेर्दा असजिलो भएर अरू किटाणु त्यहीँ टाँसिने सम्भावना हुन्छ । सास फेर्दा सुक्खा रहने सर्जिकल मास्क उपयुक्त हुन्छ । सर्जिकल मास्क एकदिन मात्र लगाउन सकिन्छ र एन,९५ लगायतका गुणस्तरीय मास्क सम्भावित सङ्क्रमित र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा लगाउन उपयुक्त हुन्छ । मास्क लगाएर मात्र हुँदैन त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

मास्कलाई प्याकेटबाट निकालेपछि दुईवटा डोरीको सहायताले लगाउनु पर्छ । लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटकपटक फुकाल्ने गर्नुहुँदैन । पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनु हुँदैन । मास्क सामाजिक दूरीको विकल्प कदापि होइन । त्यसैले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन एकआएसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू को भनाई रहेको छ ।

लामो समयसम्म मास्क लगाएर बसिरहनु चुनौतीपूर्ण कार्य हो । सरसफाइका सामान्य उपायहरू अपनाउनु नै सङ्क्रमणबाट जोगिन मास्क लगाउनु भन्दा धेरै प्रभावकारी उपाय हो । छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिमलाई धेरै हदसम्म सिमित तुल्याइदिन्छ । मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ, तर वास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पुर्याउँछन् भन्ने प्रमाण छैनन् । मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सहि तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सहि तरिकाले फाल्नु पर्छ । आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ।

हल्का हरियो वा निलो रङ्गको मास्क थुप्रै देशमा मानिसहरूले कोरोना भाईरसको सङ्क्रमणबाट जोगिन प्रयोग गरिरहेका छन् । वायु प्रदुषणको मात्रा उच्च हुँदा पनि मानिसहरू त्यस्तो मास्क लगाउने गर्छन् । मानिसको थुक वा छिटाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा विश्वास गरेका छन् । तर हातबाट मुख छोइँदा सङ्क्रमण सर्न सक्ने अवस्थामा पनि त्यस्ता मास्क प्रभावकारी हुने विश्वास गरिएकोछ । त्यसैले विज्ञहरू सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन् । कतिपय देश र शहरहरूले पनि मास्कको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र देशका भिडभाड हुने ठाउँ जस्तै सार्वजनिक यातायात, बजार, पसलहरू, बार तथा होटलहरूमा मास्क अनिवार्य बनाएका छन्। सामाजिक गतिविधिमा संलग्न हुँदा वा अरू घरका मानिसहरूसँग भेट्दा मास्क प्रयोग गर्नु पर्दछ । मास्कको उचित प्रयोग भएमा कोरोनाभाइरस नियन्त्रणमा मद्दत गर्न सक्छ ।

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न कोरोना भाइरसको संक्रमण फैलिएसँगै यतिबेला संसारभरी मास्कको प्रयोग ह्वात्तै बढेको छ । विभिन्न रोगबाट बच्न मानिसको सुरक्षा निम्ति मास्क लगाउनु पर्छ । कोरोना भाइरस भन्दा अघि पनि विभिन्न भाइरसहरू नफैलिएका हैनन्, तर त्यसबेला मास्कबारे विश्वका मानिसहरू अहिलेजति सजग थिएनन् । अहिले भने मास्कको प्रयोग बढेको छ । संक्रमणबाट जोगिन भीडभाड हुने ठाउँ, ठूला पसल, सार्वजनिक यातायातहरुमा जाँदा मास्क अनिवार्य गर्दा संक्रमण फैलिन पाउदैन । मास्कलाई सधै अनुहारको तल्लो भागबाट खोल्नुपर्छ । मास्क निरन्तर प्रयोग गर्दा ६ घण्टामा परिवर्तन गर्नुपर्छ । आफ्नो अनुहारमा फिट हुने मास्कको प्रयोग मात्र प्रभावकारी हुन्छ, जस्तै मास्कले नाक, मुख राम्रोसँग ढाकिनुपर्छ । डिस्पोजेवल मास्कको पुन प्रयोग गर्नु हुँदैन । प्रयोगपछि किटाणु नष्ट गरी व्यबस्थापन गर्नुपर्छ । मास्क लगाउँनु र फुकाल्नु अघि हात सावुन पानीले धुनुपर्छ । स्यानिटाइजरको प्रयोग पनि समय समयमा गर्न सकिन्छ । मास्कलाई गर्दनमा पुराएर छोड्नु हुँदैन । मास्क खोलिसकेपछि पनि सावुन पानीले राम्रोसँग हात धुनुपर्छ ।

व्यक्तिगत स्वास्थ्यलाई ध्यान दिएर नेपालमा आम सर्वसाधारणले विभिन्न प्रकारका मास्कको प्रयोग गरेको देखिन्छ । आफूलाई स्वस्थ राख्न प्रयोग गरिने मास्कको सही छनोट, लगाउने तरिका र प्रयोग गरिसकेपछि व्यवस्थापनको बारेमा पनि प्रयोगकर्तामा राम्रो जानकारी हुनुपर्छ । सही किसिमको मास्कको उचित प्रयोगले मात्र सम्भावित जोखिमबाट बच्न सकिने अवस्था हुन्छ । यद्यपि, धेरैजसो मास्क केवल मानसिक सन्तुष्टिकै लागि मात्र लगाइरहेको जस्तो देखिन्छ ।चिकित्सकहरुले संक्रमणबाट बच्नको लागि विभिन्न उपायहरु सुझाएका छन् । नियमित रुपमा हातमुख सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, कोरोना भाइरसको संक्रमित व्यक्तिबाट टाढा बस्नुका साथै मास्कको उचित प्रयोग गर्न सुझाव दिएका छन् । श्वासप्रश्वास सम्बन्धी सरुवा रोगको संक्रमणबाट बच्न मास्क जरुरी छ । तर, बजारमा पाइने जस्तोसुकै मास्कले संक्रमण रोक्दैन। सामान्यतयाः चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो वा निलो रंगको ‘सर्जिकल मास्क’लाई बढी सुरक्षित मानिन्छ ।

संक्रमण भएका ब्यक्तिसँग नजिक बस्दा नाक र मुख छोप्ने मास्कले हावा फिल्टर गर्दैन। एन ९५ मास्कले भने हावाबाट फैलिने संक्रमण पनि रोक्न सक्ने क्षमता राख्छ। हाच्छिउँ गर्दा मुख छोप्ने, हात नधोई हातले मुख नछुनेजस्ता कार्यले श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिम कम गर्ने चिकित्सकहरु बताउँछन्। ‘एन९५ मास्क’ले निकै हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन् । यद्यपि यो मास्क पनि पूर्ण सुरक्षित भने नहुने बताइन्छ । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरस संक्रमण हुनसक्छ । राम्रो गुणस्तरको मास्क लगाउने र समय–समयमा फेर्ने हो भने संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुने सकिने चिकित्सकहरुको भनाइ छ। सस्तो र नष्ट गर्न सकिने मास्क राम्रोसँग प्रयोग गर्न सके पनि विभिन्न संक्रमणको रोकथाम गर्न सकिने सरुवा रोग विशेषज्ञहरु बताउँछन् । मास्क राम्रोसँग नाक र मुख छोपिने गरी दैनिक रुपमा प्रयोग भने गर्नुपर्ने हुन्छ । सर्जिकल मास्कको नियमित प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ।

मास्कको उचित प्रयोग गर्नु, सामाजिक दुरी कायम गरी भेटघाट गर्नु, राम्रोसँग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो । किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिँदैन । मुखमा केही खालीठाउँ हुने गर्छ । त्यसैले तपाईंले हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न। चिकित्सकहरुका अनुसार मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो। धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन् । जसका कारण संक्रमण फैलिन सक्छ।

नेपालमा कोरोना भाईरसको प्रवेश गर्ने शुरुवाती दिनहरूमा मास्क लगाउने, जरूरी काममा सामाजिक दुरी कायम गरि मानिसहरू सँग भेटघाट गर्ने, कुनै वस्तु छोएमा सावुनपानीले हात धुने, हातधुन तत्काल संभव नभए हैण्ड स्यानीटाईजर प्रयोग गर्ने, डिस्इन्फेक्सन गरी सामाग्रीको वा स्थानको प्रयोग गर्ने, बाहिरबाट आएका पाहुनाहरू निश्चित समय क्वारेन्टिन बसेर चेक गराएर मात्र आफ्नो घर जाने अवस्था थियो जुन व्यक्ति, परिवार, समाज र देश सुरक्षित गराउन धेरै संभव थियो । पछिल्ला दिनहरूमा स्वास्थ्य सुरक्षाका सामान्य उपाय सम्म पनि अवलम्बन हुन सकेका छैनन् ।

अहिले मानिसहरूले मास्कको प्रयोग अति न्यून रूपमा प्रयोग गरेको पाईन्छ। भिडभाड, बजार, भेला, यात्रा आदिमा जादा पनि मास्कको प्रयोग हुन छोडेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अप्नाईएका छैनन् । यसरी मास्कको प्रयोग समेत नगरी खुल्लम खुला भिडभाड, बजार, सार्वजनिक यातायातमा यात्रा गरि रहेका छन् । शुरूका दिनमा त्यति सुरक्षा अप्नाउदा कोरोनाको कहर ब्यापक भएको सवैलाई थाहैछ । यसरी सामान्य स्थिति जस्तै गरेर यातायातमा यात्रा गर्ने, होटल ब्यवसायमा पनि सुरक्षा विधि नअप्नाउने, कार्यालय, हाटबजार, पसल आदिमा पनि स्वास्थ्य सुरक्षाको ख्याल नगर्ने र यस्तै प्रवृति बढ्रन दिने हो भने यसले मानव अस्तित्व माथि ठुलो क्षति पुराउन सक्ने देखिन्छ । स्वास्थ्य सुरक्षा नअप्नाउनेहरूका लागि जिम्मेवार को हुने, के सरकार एक्लै नियन्त्रण गर्न सक्छ रु के यहाँ बुद्धिजिवि वर्ग नभएको हो वा धेरै बुध्दिजिवि भएको हो रु कोरोनाको संक्रमणबाट मृत्यु भएमा लासलाई त छुन नसकिने अवस्थामा जवाफ कसले दिने, के कोरोनाको महामारी अव छैन भन्ने यथेष्ट आधारहरू केहि छन् कि छन् भने हामीले पनि थाहा पाउनु पर्यो, सामान्य सुरक्षा अप्नाउन नसक्ने हामीले के देशका असल नागरिक भएर सभ्य समाज बनाउन सकिएला, यदि आफुलाई कोरोनाबाट संक्रमित हुन बाट जोगाउन सकिएन भने आफ्नो परिवार, समाज, देश र विश्व नै ध्वस्त हुनबाट जोगाउन सकिएला रु, अनि ब्यक्ति समाजको अस्तित्व जोगाउन सकिएला रु, आज कोरोना समाजमा फैलिसकेकोछ यसलाई कसरी कोरोनाको संक्रमणबाट जोगाउन सकिएला भन्ने केहि सोच विचार छ कि रु, यस्ता महामारी फैलिनबाट जोगाउन सहयोग नगर्नेहरूलाई के संक्रामक रोग नियन्त्रण कानुन बमोजिंम अगाडि बढ्नु पर्ने हो रु र, हाम्रो यस्तै मास्क नलगाई हिड्ने, सामाजिक दुरी कायम नगर्ने, बाहिरबाट आएकालाई क्वारेन्टिन नराखि समाजमा घुलमिल गराउने, भिडभाड गर्ने, सुरक्षा विधि नअप्नाई ब्यापार ब्यवसाय गर्ने जस्ता लापर्वाही बढ्दै जाने हो भने एकदिन पक्कै पनि ठूलो दुर्घटना हुनेछ र आफुले आफुलाई पनि पहिचान गर्न सक्ने अवस्था रहने छैन ।

कोरोना भाईरस संक्रमण विकराल बन्दै गइरहेको बेला मास्क प्रयोगमा भने चरम लापरबाही बढ्दै गएको छ । खोप नबनेको अवस्थामा भाईरस शरीरमा पस्न नदिन मास्क प्रयोग उत्तम विकल्प हो । मास्क प्रयोग समेत उचित तरिकाले गरेको पाइएको छैन । कसैले नाक छोप्ने तर मुख देखिने त कसैले मुखमात्र छोपेर नाक देखाउने, बोल्दा मास्क चिउडोमा राख्ने, भिडमा जादा समेत देखासिखीका लागि मास्क प्रयोग गर्ने, कसैले हातमा लिएर हिड्छन् र खासै सदुपयोग भएको पाईदैन । यसरी कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जादा मास्क लगाउने तरिका र सदुपयोगमा ध्यान दिनुपर्नेमा मास्कको प्रयोगमा चरम लापरवाही बढेको छ । कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्ने माथि सुरक्षाकर्मी निर्मम बन्नु पर्ने देखिन्छ ।

एकदिन यात्राकै क्रममा रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गिया रनैरा ईलाका प्रहरी कार्यालयका प्रमुख र सालझण्डी ईलाका प्रहरी कार्यालयका प्रमुखले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गमा निकै नम्रतापूर्वक बाटोमा मास्क नलगाई हिड्ने वा यात्रा गर्ने हरूलाई जनचेतना जगाउदै “तपाईको मास्क खै रु“ भन्ने अभियान चलाएर जनतालाई चेतना फैलाई उत्कृष्ट कार्य गरेको देखिएकोछ । यस्ता अभियान जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरू र युवाहरूले सकृय भएर थाल्ने हो भने अझ प्रभावकारी हुनेछ ।

अहिले यस्तो मास्क नलगाई हिड्ने, भिडभाड गर्ने, स्वास्थ्य सूरक्षा नअप्नाई गतिविधि गर्न दिने हो भने कोरोना संक्रमणको भयावह स्थिति आउन सक्छ । जनताको जीउधनको सुरक्षाका लागि यसमा सरकारले कठोर कदम चाल्नु पर्ने अवस्था पनि सृजना हुन सक्छ । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यहि अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिएको छ । साथै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड नअप्नाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनी समेत दिएको छ । वीरगंन्जको समुदायमा फैलिएको संक्रमणले सवै सचेत रहनु पर्ने देखिएको छ भने काठमाण्डौमा एकै दिन १०२ जना कोरोना संक्रमित देखिनु खराव संकेत हो । यसरी संक्रमण दर दिन प्रतिदिन उच्च बनेकोले थप सचेतना अप्नाउन स्थानीय तह, प्रदेश सरकार र सुरक्षाकर्मीलाई सजक रहन सरकारले आग्रह गरेकोछ । यसरी संक्रमणको अवस्थालाई हेरेर गम्भीर हुनुपर्ने जरूरी छ । अव के गर्ने, आफ्नो दायित्व र कर्तब्यलाई आजै बुझ्न आवश्यक छ । आजको दिन सम्म कुल संक्रमित २२,२१४ पुगेको, मृत्यु हुनेको संख्या ७० नाघी सकेको छ र एकै दिन काठमाडो उपत्यकामा मात्र १०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, जुन डरलाग्दो स्थिति हो ।

मास्क नलगाई हिडडुल गर्ने र अनावश्यक भिडभाड गर्नेलाई पक्रेर कारवाहि गर्नु पर्ने हुन सक्छ, त्यसैले सभ्य नागरिकहरूले समाजमा संक्रमण फैलिनबाट जोगाउन अनिवार्य मास्क लगाउ। आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पु¥याउने हुदा आफु, आफ्नो परिवार, समाज र देशलाई सुरक्षित बनाउन मास्क लगाउ, सरसफाईमा ध्यान दिउ । जीवन रहे देश र समाजका लागि धेरै सहयोग गर्न सकिन्छ ।

लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।

 
 
  
 

You may also like