अमेरिकामा कोरोना संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ४१ पुगेको छ ।

यस्तै एकै दिन थप ५२ हजार ८४८ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख ४८ हजार ३७२ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म २६ लाख ३५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका २३ लाख ४८ हजार १९१ जनामध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like