११ दिनदेखि नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पूजा

by समतल अनलाइन

अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुँदैछन् ।
यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने ? भन्नेबारे भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।

स्वामी गुरुदेव गिरिजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन जानेछन्, त्यसपछि प्रधानमन्त्री मोदी पहिले उत्तरको ढोकाबाट जानेछन् र त्यसपछि पूर्वको ढोकाबाट प्रवेश गर्नेछन्, जहाँ मुख्य मन्दिरको प्रवेशद्वार हो, मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्रीले पहिले ट्रस्टीहरूसँग भेट गर्नेछन् । त्यसका लागि हामीले समाजका विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाएका छौं ।’

राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘मन्दिरमा प्रवेश गरेपछि मन्त्रद्वारा १० वटा विभिन्न किसिमका स्नान गर्नुपर्छ । १० पटक मन्त्रद्वारा पानी छर्किने छ । उनका अनुसार यसपछि प्रधानमन्त्री मोदी गर्भगृहमा प्रवेश गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले करिब ४५ मिनेट गर्भ गृहमा पूजा गर्ने छन् । यो पूजा करिब १२ बजेर २० मिनेटमा सुरु भएर करिब ५० मिनेटसम्म चल्नेछ ।

 
 
  
 

You may also like